सन्दर्भः आठौं शैक्षिक महोत्सव तथा पुस्तक मेला, साहित्य सम्बन्धी केही कुरा

सनत रेग्मी

 

यता बितेका केही दिन मेरा लागि साहित्यमय भयो । यी दिनहरुले एकातर्फ मेरो अवसादमय जीवनमा एउटा नया“ ऊर्जा र उत्साह थपियो भने अर्को तर्फ केही नौला अनुभव र अनुभूति पनि भए । साहित्यिक क्षेत्रमा आएका विसंगतिहरु तर्फ ध्यानाकर्षण पनि भयो ।

 

नेपाली साहित्यमा अहिले पहिचानको लालसा, साहित्यको उपविधाहरुलाई विधाको रुप दिएर त्यसको अभियन्ता हुने र चर्चित हुने लालसा, कवि गोष्ठी र एकलवाचनबाट छिट्टै स्थापित हुन भर्खर लेख्न थालेका साहित्यकारहरुमा समेत हुटहुटीले एउटा प्रश्न भने उठेको छ । कतै हाम्रा नवोदित साहित्यकारहरुमा साहित्य साधना गरेर उत्कृष्ट स्रष्टा हुनुभन्दा, सधै चर्चामा रहने र वाहवाहीमै मस्त रहने रोग त पलाउन थालेको त होइन ।

 

हिजोआज साहित्यमा साधना भन्दा पनि साहित्यलाई फेसनको रुपमा उपयोग गर्ने मनशाय देखें धेरै नवोदित स्रष्टाहरुमा । साहित्यका स–साना सञ्जाल बनाउने, सञ्जाल मार्फत विविध औपचारिक कार्यक्रम गर्ने र आफु र आफ्नो सञ्जालका मानिसहरुलाई विशिष्ट स्रष्टा घोषित गर्ने । नवोदित स्रष्टाका रचनाहरुको परिमार्जन गराउने, उनीहरुलाई मार्ग दर्शन दिएर साहित्य साधनामा लाग्न अभिप्रेरित गर्नुका सट्टा उनीहरुको आलाकाचा रचनाका पुस्तकहरु छाप्ने । विशिष्ट स्रष्टा घोषित गर्दै मान सम्मानको प्रलोभनमा भुलाएर उनीहरुको पोषण गर्ने प्रवृत्ति पनि देखियो ।

 
नेपालमा भर्खर कलम थालेका स्रष्टाहरु अन्तर्राष्ट्रिय सम्मानले सम्मानित हुन लालायित भएर त्यस्ता सञ्जाल र सिण्डिकेटहरुमा आबद्ध हुन थालेपछि तिनको लेखनले के गति लेला र ? अब त तिमीहरु हाम्रो सञ्जाललाई सम्मानित गर म तिमीहरुको सञ्जाललाई सम्मानित गर्दछु भन्ने मोलतोलको प्रारम्भ भैसकेको रहेछ ।

 

नेपाली साहित्यमा आएको अर्को विसंगति भनेको जीवनभरी राष्ट्रसेवा वा अन्य पेशामा रहेर केही केही आर्जन गरी रिटायर भएका मानिसहरु, मूल्य तिरेर घोष्ट राइटिङ्ग गराएर लेखक हुने परिपाटी पनि चलेको छ । यस्ता व्यक्तित्वहरु समाजमा राम्रै स्थान बनाइसकेका हुनाले मिडियाको उपयोग गरेर रातारात चर्चित पनि हुन्छन् र पूर्व पदाधिकारी लेखकहरुको एउटा जमात तयार हु“दैछ । यिनका पुस्तकहरु कति विश्वसनीय छन् त्यसमा प्रश्न चिन्ह लाग्न सक्छ तर ती बिक्छन् । तर, एउटा उत्कृष्ट साहित्यको पुस्तक विक्न निकै समय लाग्छ ।

 
जता हेर्यो उतै कविता र गजलको बहार छ । संस्मरण र आख्यान लोकप्रिय पनि हुदै छ । तर, लेखनको स्तर कता जा“दै छ । कुनै समय भारतीय पुस्तक उद्योगमा गुलसन नन्दा, रानु. राजवंशहरु निकै लोकप्रिय थिए । गुलसन नन्दाको पुस्तक एक लाख प्रति सम्म छापिन्थ्यो । अहिले अंग्रेजीमा चेतन भगतले त्यो ठाउमा लिएका छन् । हाम्रा केही कलम चलेका पत्रकार साहित्यकारहरु नेपाली चेतन भगत हुने सपना संगाल्न थालेका पो छन् कि ?

 

नेपाली साहित्यमा अहिले प्रकाशनको बाढी आएको छ । एकथरी पुस्तक लेखकको रौसमा छापिन्छन् र बा“डिन्छन् । एकथरी पुस्तक बजारवादका सिद्धान्त अनुसार लेखाइन्छन्, प्रचारप्रसार गरिरहन्छन् र दुई हजार प्रति छापेर दश हजारको एडिसन भनेर प्रचारित गरिन्छन् र बेचिन्छन् पनि । नेपालीका उत्कृष्ट साहित्य एक हजार प्रति छापिन्छन् र अर्को एडिसनको प्रतिक्षामा हुन्छन् ।

 

पठन संस्कृतिको विकास भएको छ । बाल साहित्य र टीन एजरको मनोविज्ञानलाई समातेर लेखिएका पुस्तकहरु बिकेका छन् । पत्रकारहरुको विज्ञापित समीक्षाहरुले केही राम्रा पुस्तकहरु पनि विकेका छन् । तर हाम्रा क्लासिक मानिएका पुस्तकहरु साझाका गोदाममा थन्किएका छन् । साहित्यिक विमर्शका कार्यक्रममा साहित्यकारहरु नै उदासिन छन् । नवोदितहरुका लागि उनले लेखेका रचना नै सर्वोत्कृष्ट छ । अरुका रचना किन पढ्ने ?

 

हिजो आज साहित्यिक चर्चा भनेको बहुभाषिक कवि गोष्ठी, पुरस्कार, सम्मान र एकल प्रस्तुतिमा सीमित भैदिएको छ । साहित्य र प्रविधि, साहित्य र किनरीकृत वर्ग, साहित्य र मिडिया, विश्व साहित्यका नया टे«न्डहरु, साहित्य र सामाजिक रुपान्तरण जस्ता विषयमा न कुनै चर्चा हुन्छ, न विमर्श न त अन्तरक्रिया नै ।

 

सम्मान र पुरस्कारका आफ्नै कथा व्यथा छन् । सधै नया“ नया“ पुरस्कारको घोषणा हुन्छ । सुनिन्छ, १४०० पृष्ठको त पुरस्कार माथि पुस्तकनै निस्के को छ रे । पुरस्कारहरुको प्रक्रिया के छ, के कति निष्पक्ष हुन्छन् पुरस्कार सबैलाई थाहा छ । भन्सुन, चिनजान नै पुरस्कारको मापदण्ड भएको छ । सरकारी पुरस्कारहरु आजसम्म दलीय भागवन्डामा बाडेका छन् । एक पटक सिडियोको अगाडी नृत्य गरेको, भर्खर लेखन प्रारम्भ गरेका मानिसहरुले समेत राष्ट्रिय प्रतिभा पुरस्कार पाएको इतिहास छ । पाउनु पर्ने कृतिलाई पुरस्कृत नगरेर आलोचित भएपछि तिनै स्रष्टाको कमशल कृतिलाई मदन पुरस्कार दिएको चर्चा पनि सुनिएकै हो । नईको कृपापात्र नभई त्यहा“बाट प्राप्त हुने पुरस्कार पाउने कल्पना नगरेपनि हुन्छ ।

 

सबैथरी पुरस्कारमा केही न केही दोष देखिएकै हुन्छ । तर पनि पुरस्कारले स्रष्टालाई सम्मानित गरेकै हुन्छ । नेपाल एकेडमीले दिने पुरस्कार कम आलोचित हुन्थे । तर, मेरै पालामा पृथ्वी प्रज्ञा पुरस्कार वितरण गर्दा राष्ट्रकवि माधव घिमिरे, संस्कृतिविद् सत्यमोहन जोशी, वरिष्ठ साहित्यकार मदनमणि दीक्षित, तारानाथ शर्माहरु वाद भए र राजनैतिक भागवन्डामा मोदनाथ प्रश्रितज्यूले पाउनु भयो । प्रज्ञा पुरस्कार पनि अब आलोचनामुक्त हुन सकेन ।

 

 

यसबीच, नेपालगन्जमा पुस्तक र साहित्य सम्बन्धि दुई वटा ठूला कार्यक्रम भए । नेपालगन्ज लिटरेरी फेष्टीबल र आठौं शैक्षिक महोत्सव र पुस्तक मेला । लिटरेरी महोत्सवमा, साहित्यकार भन्दा पत्रकारिताका विषय बढी भए तर पनि सहभागिता उत्साहजनक हुन सकेन । आर्थिक अभाव र अनुभवको कमी र व्यापक सहयोग नभएर पनि होला ।
पुस्तक महोत्सव भने अत्यन्त भव्य र व्यापक सहभागितामूलक थियो । तर, त्यहा“ पनि व्यवसायिकतामा राजनैतिक पूर्वाग्रहको छनक देखिए । पुस्तक प्रवद्र्धनका विषयमा चर्चा नै भएन । साहित्य पुस्तक प्रवद्र्धन र लेखक प्रकाशक, पाठक बीचको अन्तर सम्बन्धलाई महत्व दिइएन, दुई घण्टा औपचारिक समय मात्र दिइयो ।

 

 

पुस्तक प्रवद्र्धन भन्दा मनोरञ्जनात्मक कार्यक्रममा बढी ध्यान दिइयो । यसको एउटा महत्वपूर्ण पाटो भनेको चार जना शिक्षा प्रेमी र साहित्यकारहरुलाई रथारोहण सहित सम्मान् । त्यसको पनि केन्द्रीय पदाधिकारीहरुको मन्तव्यमा हामीले केन्द्रका दुई स्रष्टालाई सम्मान गर्यौं भनियो । यो उक्तिले हाम्रो सम्मानको अवमूल्यन गर्यो कि सम्मान गर्यो ? आठ पटकसम्म यस्ता ठूला कार्यक्रम गर्ने संस्थाले, मर्यादाक्रम अनुसार स्थान दिन नसकेर क्षमा माग्नुको के को औचित्य । यस्ता केही साना ठूलो त्रुटिहरुलाई वास्ता नगरेर हेर्ने हो भने यत्रो विशाल र भव्य कार्यक्रम, निजी स्तर त के सरकारी स्तरमा पनि भएको थिएन । यस्तो सफल कार्यक्रमका लागि बा“के जिल्लाका पुस्तक र स्टेशनरी व्यवसायीहरुलाई अति प्रशंसा गरेपनि कम हुन्छ ।

 

हाम्रै जिल्लाका सन्दर्भमा पनि साहित्य यहा मौलाउदै छ । अहिले यहा अत्याधिक सक्रिय रुपमा, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान अघि बढेको छ भने भेरी साहित्य समाज र मध्यपश्चिम स्रष्टा समाज पनि सक्रिय देखिन्छ । बरु, परोक्षमा लायन्स, उद्यमी, व्यापारीको सहयोग र साथ पाएको ‘बार्दली’ अभियानले अझै आफ्नो लक्ष्य र बाटो पहिल्याए झै लागेन । भोजराज शर्मा नादिर र ऋचा लुइटेल जस्ता कल्पनशील स्रष्टाहरुबाट हामीलाई ठूलो अपेक्षा छ । उनीहरुको नेतृत्वमा बार्दलीको आगामी कार्यक्रमहरु औपचारिकतामा मात्र सीमित नभएर नेपाली साहित्य, संस्कृति र कलामा सार्थक हस्तक्षेप गर्न सक्नुपर्छ ।

 

 

बार्दलीको पछाडी रहेका सहयोगी हातहरुको पनि यही अपेक्षा होला । नेपालगन्जका मिडिया हाउसहरुले पनि रेडियो, टेलिभिजन मार्फत साहित्यिक परिचर्चा र वहसहरुलाई पनि महिनामा एक पटक वा साहित्यिक पर्वहरुमा यस्ता कार्यक्रमलाई समय दिनु उपयुक्त हुन्छ । यहा“का पत्रपत्रिकाले बर्षमा एक पटक एउटा विशेषांक (७५ देखि १००) पृष्ठसम्मको निकाले भने मिडियाको साहित्य संस्कृतिकलालाई ठूलो सहयोग हुनेछ ।

 

 

नेपालगन्जको पुरानो र एकमात्र सार्वजनिक पुस्तकालय मैले एक व्यक्तिको हैकममा निरर्थक झै स्थापित छ । यसलाई नेपालगन्ज उपमहानगरपालिकाले आफ्नो नियन्त्रणमा लिएर व्यवस्थापन उपमहानगरपालिकाले गर्ने गरी एउटा सक्रिय कार्यसमिति बनाएर यस नगरको महत्वपूर्ण पुस्तकालयमा परिणत गर्नुपर्छ र उपमहा–नगरपालिकाले यसै पुस्तकालय मार्फत साहित्यिक कार्यक्रमहरु सञ्चालन गरेमा उपमहा–नगरपालिकाको गरिमा बढ्ने थियो । (वरिष्ठ श्रष्टा रेग्मी नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव हुन्)

प्रतिक्रिया

प्रतिक्रिया