ऋचा लुइटेल
महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा बि बि एस अध्ययनरत तीन जना उत्साही नानीहरु । त्यसमध्ये पनि एकजना नानीको कवि नवराज पराजुलीका कविता प्रतिको समर्पण । प्रविधिलाई गाली गर्नेहरु भन्दा सम्मान गर्ने र सहि प्रयोग गर्ने जमात छुट्टै छ । त्यही जमात हो यो जस्ले एक महिना अघि युटुबमा नवराज लाई सुनेपछि प्रत्यक्ष सुन्ने अठोट गर्यो । अठोट लाई पूर्णता दिन उनिहरु दिनरात जुटे कसैलाई बिन्ती गरे कसैलाई अनुरोध गरे । साहित्य सग साइनो हुँदै नभएपनि नवराज पराजुलीका कविताले उनीहरु कविता प्रेमी भए । कवि नवराज पराजुलीलाई नेपालगन्ज पुर्याउने संयोजनकारी भुमिका भने सर्जक कपिल अन्जानले गरे ।
यता नानीहरु अहोरात्र खटिए बिद्यार्थीबाट ५०÷१०० उठाए । कार्यक्रम ब्यबस्थापनका निम्ति उनीहरु तल्लिन रहे सहयात्री बन्यो महेन्द्र बहुमुखी क्याम्पस । फलस्वरुप हिजो नेपालगन्जमा बर्तमान समयका शक्तिशाली कवि नवराज पराजुली गुन्जीए । जब उनी सगरमाथाको गहिराई लिएर मंचमा उक्लिए तब उनी गुन्जिरहे दर्शक श्रोता सर्जक कहिले पग्लिए कहिले भक्कानिए कहिले मुस्कुराइरहे ।
जब सगरमाथाको गहिराई बाट बाहिर निस्किएर च्याउ टिप्न थाले । एकएक माहोल स्तब्ध भयो आङ सिरिङ सिरिङ हुँदै गयो साच्चै नवराज पराजुली शब्दको जादुले चम्किएका कवि हुन् । जब उनी प्रेमलाई मकैको खोयाको खाली डोबमा देख्छन् लाग्छ प्रेम त संसारको सबैभन्दा उच्च बिन्दुमा हुनुपर्छ । नवराज समस्याको कुइनेटो छिचोल्दै छिचोल्दै उ पारी पुगिसकेका रहेछन ।
जब उनी शब्दका केश्रा केलाउदै जान्थे तब स्वयम् भाबुक हुन्थे भावना सग कति सुन्दर तालमेल बास्तविकता सग कति प्रिय सम्बाद, आमाले छोरालाई सम्झिदै गरेको संवाद हेब्बी बर्थ डे ! होस या मैझारो एक घन्टा १५ मिनेट मंचमा उभिएका नवराज कयौ कपट पग्लिए । कयौ पटक सम्हालिए आफू सम्हालिदै जादा श्रोता पग्लिरहेका थिए । आशुका थोपा बनेर हिजोको दिन नवराजको दिन हिजोको दिन कविताको दिन हिजोको दिन । वास्वविकतालाई जस्ताको त्यस्तै उन्न सिपालु वर्तमान समयको अब्बल दिन हिजोको दिन । तीन जना नानीहरुको सपना साकार भएको दिन । उनीहरु स“गै राम्रा कविता सुन्न पाएको कुनौलो समयकी उत्तम दिन ।