शैक्षिक महोत्सवमा स्रष्टा संवाद

आठौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०७४ का अवसरमा नेपालगन्जमा पहिलो पटक आयोजित महिला स्रष्टा अवसर र चुनौति विषयक कार्यक्रम निकै सफल र उपलब्धीमूलक रह्यो ।  अतिथि वक्ताको रुपमा आख्यानकार, कवि, नाटककार, कथाकार हरिमाया भेटवाल गीतकार, कगजलकार, आख्यानकार उमा सुवेदी र बाल कथाकार शान्ता दाहालसग दुई घण्टा लामो विमर्श कार्यक्रमको क्रममा साहित्य क्षेत्रमा महिलाको प्रवेश, साहित्य लेखनमा निरन्तरता र यसले दिने सफलताका विषयमा समेत गहन छलफल भयो । त्यसक्रममा कार्यक्रम सञ्चालक समेत रहेकी ऋचा लुइटेलले गरेको केही प्रश्नोउत्तर संक्षेपमा ।

 

एउटा लेखकको सफलताको मापदण्ड के हो ?

उमा सुवेदी – सफलता भन्ने बित्तिकै हामी बाहिरी चर्चालाई मात्रै ध्यान दिन्छौं । तर, लेखकले कसरी लेख्छ, लेखनलाई कसरी र कस्तो लेख्छ, कत्तिको साधना गरेर लेख्छ, जुनसुकै विधामा लेख्दा पनि पहिलो त्यो विधालाई आत्मसाथ गर्दै लेख्न जरुरी छ । निरन्तर लेख्दै जादा लेखकको इमान्दातिा लेखकको कमल हो । त्यसैले मापदण्ड तय गर्दछ ।
कथाकार, नाटककार, कवि र अब आख्यानकार पनि । १० बर्षमा चार फरक विधामा तपाई चिनिनु भो, यसको मूलकारण के हो ?

हरिमाया भेटवाल – पहिला म साहित्यकार बनेर लेखेको होइन । मेरो समाज मेरो वरिपरि रहेका पीडा, समस्या लेख्दै जादा त्यो उपन्यास बन्यो, कथा बन्यो, नाटक बन्यो, कविता बन्यो । पहिला रहरले लेखायो, समस्याले लेखायो पछि जिम्मेवारीले लेखाउदैछ ।

 
तपाई नारीवादी बन्नु भएको आरोप छ नि ?
हरिमाया भेटवाल – यो सत्य हो । म जत्तिको अनुभवी व्यक्तिले पनि महिलाका बारेमा लेखिन भने कस्ले लेख्छ । महिलाले महिलाका विषयमा लेख्नु महिलावादी हुनु हो भने हो म महिलावादी हु“ । आज हामी हाम्रा कथा आफै लेख्न सक्ने भएका छौं । पहिला हामी महिलाका कथा पुरुष लेखकले लेख्नुपथ्र्यो । यसको अर्थ पुरुष लेखक चाही“दैन भनेको होइन उहाहरु महिलालाई महसुस गरेर लेख्नुहुन्थ्यो, आज हामी भोगेर लेख्दैछौं । हाम्रा बाटो आफै हिड्दै छौं ।

 

बाल साहित्यको लेखक, प्रकाशक, प्रशिक्षक हुनुहुन्छ, बालबालिकालाई कस्तो साहित्य मन पर्छ ?

शान्ता दाहाल – बालबालिकालाई चित्र कथा मन पर्छन् । जब कथा पढ्दै चित्र हेर्दै त्यहा उनीहरुले आफुलाई नायक, नायिकाको रुपमा प्रस्तुत गर्छन् । उपदेश भन्दा प्रयोगात्मक कथा मन पराउ“छन् । ठूलो मान्छेले यो गर्नु हुन्छ यो गर्नु हुदैन भनेर सिकाएको भन्दा पनि आफ्नो भूमिका हुने किसिमका कथा मन पराउ“छन् । उनीहरुको मनोविज्ञानलाई बुझेर लेखेको कथा मन पराउछन् ।

 
आम महिला र साहित्यकार उमा बीचको फरक के छ ?
उमा सुवेदी– पाइला पाइलामा मैले पनि चुनौति भोगेकी छु । बच्चा जन्माउनु हुर्काउनु सजिलो हुदैन । मेरो भान्सा र मेरो लेखन बीचमा पिल्सिनु पर्छ । म लेखक हुनुभन्दा अगाडी महिला हु, श्रीमति, आमा, बुहारी हु । साहित्यकार उमा त एकान्त चाहन्छ लेख्न चाहन्छ । निष्फिक्री रुपमा आफ्नो लेखन अघि बढाउन चाहन्छ तर आम महिला उमा जिम्मेवारी भित्र छ । भान्सार मेरो बाध्यता हो पुरुषलाई रहर मात्र हुन्छ ।

 
साहित्यमा व्यवसायिकता कति सम्भव छ ? व्यवसायिकता बारे बुझाई के हो ?
हरिमाया भेटवाल – असम्भव भन्ने कुरा त केही पनि छैन । तर, इमान्दारिता जरुरी छ । साहित्यको व्यवसायिको लागि पाठकको मन छुने सिर्जनाको खाचो छ । व्यवसाय बारे बुझाई धेरैले अर्थसग जोडेछन् । स्वभाविक हो । तर, अझैपनि लेखेर बाच्ने आधार नेपालमा बनिसकेको छैन । अझ महिलाको सवालमा एउटा उपन्यास लेख्न सात बर्ष लाग्यो मलाई । बढीमा ३ हजार प्रति विक्यो । वा विकेन । प्रकाशन वितरक हुदै लेखकले कति पाउछ त्यो प्राप्त रकमले कसरी जीवन चल्छ । सुरुवात राम्रो हुदै गएको छ तर अर्थ लाई अलग्याएर हेर्ने हो भने साहित्यले दिने ऊर्जा कुनै मूल्य तोकेर तोकिंदैन ।

 

प्रज्ञा प्रतिष्ठानको भूमिकासग लेखक सन्तुष्ट छैनन् किन र कस्तो हुनुपथ्र्यो ?
हरिमाया भेटवाल – अहिलेसम्म प्रज्ञा प्रतिष्ठानले वर्तमान समयमा स्थापित लेखक नै चिन्दैन । म जस्ता धेरै साथीहरु प्रज्ञाले सम्झिन भ्याउदैन । प्रज्ञाले समसायिक धार समात्न सक्दैन । फेरी प्रज्ञा राजनीतिक भागवण्डामा चल्छ, जिम्मेवारी भन्दा पनि समय बिताउने मेसो मात्रै गरेको छ । काठमाडौं बाहिरका लेखकको भूमिका के हो म सग त गुनासो मात्रै छ प्रज्ञा सग ।

 

धेरैले भन्नुहुन्छ कथा छाप्न भनसुन चाहिन्छ । हाम्रा रचना, छापिदैनन्, कथालय पनि भनसुन मै चल्छ ?
शान्ता दाहाल – होइन राम्रा कथा अवश्य छापिन्छन् । हामी त काठमाडौंका सुकिला रेडिमेट कथा भन्दा गाउ बस्तीका कथा आउन भन्छौं । म आफै देशका कति ठाउमा पुगेकी छु । सकेसम्म तपाईहरु लेख्नुस् भन्छु । तर, लेखकको एउटा समस्या छ, उहाहरु आफ्नो कथा शतप्रतिशत राम्रो छ भन्नुहुन्छ, पुर्नलेखन गर्नुहुन्न । बालमनोविज्ञानलाई बुझेर लेख्न सजिलो छैन । लेखक मेहनत गर्नुहुन्न त्यसैले पनि आफ्नो कमजोरी सुधार गर्नुभन्दा अरुलाई आरोप लगाउन सजिलो मान्नुहुन्छ ।

 

गाउका दुरदराजका सर्जक देशको साहित्यकार बन्न किन सक्दैन ?
त्यो स्रष्टालाई काठमाडौंले नचिनेपनि आफ्नो ठाउको चै हिरो नै हो के । साहित्यकार बन्न काठमाडौंले चिन्नुपर्छ भन्ने छैन । तपाईको ठाउमा तपाईले गरेको काम देखेर अरु धेरैले सिक्छन् । लेख्दै जादा ढिलो चादो आउछ । तर, लेख्नु चै पर्छ है । राम्रो भएनकी, कस्ले के भन्दा भनेर होइन म सिक्छु, लेख्छु र लेख्दै जान्छु भनेर बुझ्नु पर्छ र निरन्तर लेखिरहनु जरुरी छ ।

प्रतिक्रिया

प्रतिक्रिया