रुपा गहतराज
नेपालगन्जमा आयोजित शैक्षिक महोत्सवमा महिला स्रष्टाहरुले नेपालगन्जमा आफ्ना समस्या उजागर गरेका छन् । कारकादो स्थित सडक विभागको परिसरमा आयोजित महोत्सवमामा शनिबार आयोजित काव्य विमर्शमा महिला लेखकले आफ्ना समस्या मात्र होइन, अवसर समेत प्रस्तुत गरे ।
आफ्नो नया कृति तोदा बोकेर आएकी उमा सुवेदीले महिलाको रचनालाई समाजले महिलाको मात्र भनेर बुझेको बताइन् । महिलाले एउटा कृति निकाल्न धेरै समय लाग्छ । किनकी उ मान्छे भएर बा“च्न पाउदिन अनगिन्ती दायित्वमा थिचिएकी छ । उनका तर्कलाई विरोध गर्दै हरीमाया भेटवालले भनिन्, ‘म लेखक भएर मात्र बा“च्न पाउदिन म कसैकी छोरी, बुहारी र आमा हो ।’
महिला हिंसा, विभेदका विरुद्ध खरो रुपमा आप्mना अभिव्यक्ति पस्केका दुवै लेखकले महिलालाई समाजले अबोध नासमझको रुपमा मात्र संज्ञा दिएको आरोप लगाए । महिलाका समस्याका बारेमा महिलाले नै लेख्नुपर्ने भएकाले महिला लेखकको संख्या बढ्नुपर्ने उनीहरुले बताए ।
भेटवालले महिलाका कुरा पहिला पुरुषले लेख्नुपथयौ । आज महिला आफै सक्षम रहेको बताउदै भेटवालले भनिन्, ‘त्यसको मतलब महिलाका कुरा पुरुषले लेख्नै नहुने चाही होइन ।’
‘महिला लेखकको परिचय लेखकमा मात्र सीमित छैन । लेखकका लागि उत्कृष्ट लेखनको कुनै विकल्प छैन’, भेटवालले भनिन् । हरेक चुनौतीलाई अवसरमा बदल्न सक्नुपर्छ । कृति राम्रो भएमा ढिलो चा“डो कृति चर्चित हुने नै छ । अर्की बाल कथाकार शान्ता दाहालले कति कुरा देखेर कति कुरा भोगेर लेखिने बताइन् । विशेषत बाल कथामा दख्खल राख्ने दाहालले बाल मष्तिष्कलाई विद्यालयको ज्ञानले मात्र सिर्जनशील बनाउन नसक्ने भन्दै हरेक विद्यालयमा कथाहरुका पुस्तक संग्रहालय हुनुपर्ने धारणा राखिन् । विशेष त बालबालिकाको रुची चित्रमा हा“स्ने भन्दै उनले चित्रबाट कथाको सन्देश पस्कने गरेको अनुभव सुनाइन् ।
नेपालगन्जमा आएका तीन जना महिला स्रष्टा उमा सुवेदी, हरीमाया भेटवाल, शान्ता दाहालले एकै स्वरमा भने महिला स्रस्टाका सवालमा राज्य उदासिन नै छ । ‘प्रज्ञा प्रतिष्ठान नै महिला लेखक चिन्दैन’, उनीहरु ब्यङ्ग्य गर्दै थिए । लेखेर कुनै लेखक बा“च्न सकेको स्थिति नरहेको स्रष्टाहरुले स्वीकार गरेका थिए । आफुले समाज बुझ्का लागि पनि लेख्न जरुरी रहेको उनीहरुले बताए । कुनै लेखकलाइ सम्मान गर्न प्रकाशकको भूमिका महत्वपूर्ण हुने भन्दै उनीहरुले पढ्ने शैलीको बिकास भएमा सबै समस्याको समाधान हुने धारणा राखेका थिए । कार्यक्रम सञ्चालन ऋचा लुइटेल र स्वागत मिना ढकालले गरेकी थिइन् ।