‘अंगुलिमाल’का कथा

जीवनमा एउटा कविता सम्म प्रकाशन नगरेका भोजराज ढकाललाई एकैपल्ट महाकाव्य लेख्ने जोश कसरी आयो होला ? साहित्यप्रति मरिमेट्नेहरुले मात्र ढकालको यो ऊर्जा भेद पाउन सक्छन् । शुक्रबार नेपालगन्जमा विमोचन गरिएको ‘अंगुलिमाल’ महाकाव्य शुभकामनाका शब्दमा गोविन्द गजुरेलले पनि यस्तै आश्चर्य व्यक्त गरेका छन् । ‘भोजराज ढकाललाई एकैचोटी ठूलो आ“ट आउ“छ ? कहा“बाट आएको हो कुन्नी ? महाकाव्य लेख्न थाल्नुहुन्छ’, गजुरेलले महाकाव्यमा शुभकामनाका शब्दको शिरमै आश्चर्य व्यक्त गरेका छन् ।

हुनपनि नेपालगन्जमा ढकालको कृति विमोचनका लागि चाजोपाजो मिलाएका मुकुट ढकालले दैनिक नेपालगन्जस“ग भनेका थिए, ‘भोजराज ढकाल एउटा यस्तो व्यक्तित्व हुन्, जसले आफ्नो जीवन नै साहित्यका लागि समर्पित गरे ।’ नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जीवेन्द्र देव गिरीले ढकालको पुस्तकमा आफ्नो धारणा लेख्दै भनेका छन्, ‘महाकाव्यकार मरिणखोले लेखनीको शक्तिले मान्छेका मनका कल्मष पखाली समाजलाई सत्मार्गमा डोर्याउन यसप्रकारको कृतिबाट विशेष सहयोग पुग्दछ ।’

२०१० साल असार १५ गते गुरा“शे सिन्धुलीमा जन्मिएका महाकाव्यकार ढकाल ३० बर्ष अध्यापन गराए । मरिणखोले उपनामले चिनिएका उनले २०५० सालदेखि साहित्य सिर्जनामा आफुलाई समर्पित गरेको जनाउ“दै दैनिक नेपालगन्जसग भने, ‘एकैपल्ट महाकाव्य तयार भयो ।’ उनले मरिणमहात्मे प्रकाशोन्मुख रहेको जानकारी दिंदै आफ्ना रचनाहरु छन्दमा लेख्ने गरेको जानकारी दिए । २१ सर्गमा संरचित अंगुलिमाल महाकाव्यमा शार्दुलविक्रीडित, शिखरिणी, मन्दाक्रान्ता, अनुष्टुप्, मालिनी जस्ता छन्दहरु प्रयोग गरेका छन् ।

दुनियाले कु–पात्रका रुपमा बुझेका अंगुलिमाललाई महाकाव्यमा देवत्वकरण गर्न खोजिएको छ । ‘हो, तपाई हामीले बुझेजस्ता कु–पात्र होइनन् अंगुलिमाल’, ढकालले १ हजार नरहत्यामा संलग्न अंगुलिमाल बुद्धसगको भेटसम्म आइपुग्दाका कथालाई महाकाव्यमा उतारेका छन् । आठौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवमा शुक्रबार उनको कृति विमोचन भएको थियो । ६४ बर्षिय उनी यही“ कृति विमोचन गर्न सिन्धुलीबाट नेपालगन्ज आइपुगेका हुन् ।

प्रतिक्रिया

प्रतिक्रिया