‘तनाव’ ले थप्यो गायक उचाई

आधुनिक गीतबाट आफ्नो करियर बनाएका गायक सुमन गिरी स्रोता दर्शक माझ चर्चित बन्दै गएका छन् । सुगम संगीतले आफ्नो बेग्लै परिचय बनाएका गायक गिरीले पछिल्लो आफ्नो आधुनिक गीत ‘तनाव भो’ बजारमा ल्याउँदा उनको यो एल्वमले अझ उनको उचाई बढाएको छ ।

 
विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा लागेका गायक यसअघि एकल एल्वम वर्णन र वर्णन–२, बजारमा ल्याइसकेका
छन् । जुन एल्वममा रहेका–छैन एकै पल, माया जवानी चढेछ, तीनपाने रक्सीले, आफ्नो जस्तो हुन्न रहेछ, को हौ तिमी मलाई नजर लाइरहने, म कही कवि नभइजाऊ जस्ता बोलका गीतले लाखौं दर्शक स्रोतहरुको मन जिल्न सफल भइसकेका छन् । यिनै सफलतालाई निरन्तरता दिने क्रममा गायक गिरीले आफ्नो गीत ‘तनाव भो’ बजारमा ल्याएका हुन् । जसमा यमन सुवेदीको शब्द र चण्डीप्रसाद काफ्लेको संगीत रहेको छ । चर्चाको शिखर चढ्दै गएका गायक गिरीको जन्मस्थान सितापुर, बाँके हो ।

 
म कही कवि नभइजाऊ गीतको बोलबाट गायनयात्रा शुरु गरेका गिरी देश विदेशमा आफ्नो प्रस्तुती गर्दै आएका छन् । गीतलाई आफ्नो रहर र इच्छा मात्र बनाएका गिरीलाई आजभोली भने तिनै चर्चित गीतहरुले व्यवसायिक गायकको रुपमा चिनाएको छ । कर्णप्रिय स्वरका धनी सुमन गिरीको शब्द संगीत पनि त्यति नै राम्रा रहेका छन् । उनले आफ्ना धेरै गीतहरुमा आफ्नै शब्द संगीत दिएका छन् । हाल आएको उनको पछिल्लो गीत –‘तनाव भो’ को सम्पूर्ण भिडियो छायाकंन पनि सकिसेको र उक्त केही दिनमै नेपालभरी नै सार्वजनिक गर्ने गायक गिरी बताउँछन् । जसमा स्रोता तथा दर्शकहरुले अहिलेका चर्चित नायिका बर्षा सिवाकोटी र सुवास केसीको मूख्य अभिनयका साथै चेतन वलीको सहायक भूमिका पनि हेर्न पाउने भएका छन् ।

 
दिनप्रति दिन गायन तथा कला क्षेत्र धरासय हुँदै गए पनि यस क्षेत्रमा प्रवेश गर्ने नयाँ गीत तथा कलाकारहरुको आगमनमा भने कुनै कमी नआएको गायक गिरी बताउँछन् । कलालाई नबुझेर संगीतलाई नबुझेर पैशाको मात्र भरमा यस क्षेत्रमा नाम र दाम कमाउँछु भन्ने सपना बोकेर आउने व्यक्तिले गर्दा राम्रो कलाकारिता भएका तर, आर्थिक पक्ष व्यक्तिहरु ओझेलमा परिरहेको गायक गिरीको भनाई छ ।

 
दर्शक तथा स्रोताहरुले पनि राम्रो सृजनाहरुलाई त्यति धेरै चासो नदिई बजारमा आउने तडकभडकले भरिएका छाडा किसिमका शब्द तथा पहिरन प्रयोग भएका सृजनाहरुलाई बढी चासो दिँदा कलाकारिता क्षेत्रमा विकृति पनि बढ्दै गएको गायक गिरीको गुनासो छ ।

प्रतिक्रिया

प्रतिक्रिया