नक्कली बाटो

करेसाबारी सफा गर्नुपर्ने थियो, श्रमिक खोज्न म त्रिभुवन चौकको श्रमबजार गएको थिएँ । त्यहाू पुगेपछि एकाएक मेरो मुखबाट र्याल चुहयो । त्यहाको तात्तातो जलेबी संझेपछि प्रायः त्यो चुहुने गर्दछ । म नजिकैको मिठाई पसलमा पसें, त्यहाँ सामान्य भीड थियो ।

 
मलाई उछिनेर एउटा केटोले दही–जलेबी मागेको हुूदा मेरो ध्यान त्यो केटातिर गयो । उसले प्रष्टसूग भन्यो, ‘मलाई शयग्राम जलेवी र आधा पाउ दही दिनुस त ।’ म विलखमन्दमा परेर त्यो केटोलाई हेरिरहें । पटकपटक देखेको हुूदा उसको अनुहार मेरो दिमागमा प्रतिविम्वित थियो, त्यसैले निश्चय भयो, त्यो केटो अरु कोही हुनै सक्दैन । त्यो त्यही केटो हो जो प्रायः पन्द्र दिन वा एक महिनामा मेरो घर आउने गर्दछ ।

 
ऊ आउदा उसको शरीरमा मैलो कमिज सुरुवाल, टाउकोमा घेरा फाटेको मैलो ढाका टोपी हातमा – यो फलानो व्यक्ति बक्क लाटो छ, उसको कोही छैन, केही छैन, ऊ असहाय छ भनेर उसको फोटो सहित टाूसेर कुनै संस्थाले लेखिदिएको कागज र एउटा ली हुने गर्दछ । ऊ आएर ढोकामा बस्दछ र ओया १ ओया ११ गरेर लौरोले ढोका ठटाउने गर्दछ ।
उसलाई देखेपछि अलिकति दया र करुणा पलाउूछ । दैवद्वारा ठगिएको विचरा भनेर पाच रुपिया दिएपछि खोज्चाएर बाहिर निस्कन्छ तर आज भने उसले सुकिलो प्यान्ट कमिज लगाएको छ, सफा सुग्घर पनि छ ऊ खोरन्डो हैनछ, ऊ लाटो पनि हैनछ, प्रष्टै बोल्दो रैछ, ऊ त नक्कली लाटो पो रै छ !

प्रतिक्रिया

प्रतिक्रिया