सिर्जन लम्साल

आज अपरान्हमा अचानक उनीसित त्रिभुवन चौकनिर देखादेख भयो । देख्ने वित्तिकै उनीले भनिन्, ‘कता हराउनु भा हो थापा सर ? फेसबुक पनि खोल्नु हुन्न, फोन पनि रिसिभ गर्नु हुन्न, निकै भाउ बढ्या छ कि क्या हो अचेल ?’

 
‘हैन, त्यसो हैन, फेसबुक म कहिलेकाहीं मात्र खोल्छु, फोन एकातिर म एकातिर भएर होला फोन नउठेको ।’, मैले स्पष्टिकरण दिएँ तर वास्तविकता के हो भने परिवार स“गै भएको बेला कुरा गर्न अप्ठयारो मानेर म फोन उठाउन्न ।
‘वाफ रे ! कस्तो गर्मी ११ ४४ डिग्री नाघिसक्यो भन्छन् । कसरी बस्ने हो यो नेपालगन्जमा ?’ रुमालले मुख पुछ्दै उनले भनिन् ।

 
‘हो गर्मी बढ्दै गएको छ । दिउसो चल्ने लू त झ्न आगाकै ज्वाला जस्तोपो लाग्दछ १ पानी नपरुन्जेल यहाँ यस्तै हो म्याडम । जाउँ बरु कतै बसेर चिसो पियौं ।’ मैले भने ।

 
‘हैन बरु घरै जाउ“, आरामसित बसेर चिसो पियौंला ।’ आफ्नै घर जाने प्रस्ताव गरिन् उनले । उनले कार हाकिन, म अगाडि सीटमै बसें । पन्द्र मिनट भित्रै हामी उनको घरमा प्रवेश गर्यौं । बाहिर हेर्दा सामान्य तर भित्र सबै किसिमका सुविधाहरु, सफा सुग्घर, सबै वस्तु यथास्थानमा सजिएका, घरभित्र सम्पन्नता र आधुनिकता झल्कन्थ्यो । म बैठक कोठाको आरामदायी सोफामा बसें । एसी अन गरेर उनी बाथरुम पसिन ।

 
म म्याडम शकुन्तला शर्माकै बारेमा सोचमग्न रहें । श्रीमान् अमेरिकामा ड्राइभिङ्ग पेशा गर्छन, कमाई राम्रो छ । उनी यहाँ छोराछोरी पढाउन, घर व्यवहार हेर्न बसेकी । यहाँ पढाई राम्रो भएन भनेर छोरो सुदिप र छोरी सुषमा दुवैलाई काठमाडौंमा बोर्डर गरेको छ । म्याडम शकुन्तला शर्मा यहाँ जग्गाको कारोबार गर्छिन । कारोवार के भन्नु च्याखे थाप्ने काम गर्दछिन ।

 

 

 

म पनि जग्गाकै च्याखे थाप्ने मध्येकै भएकोले चिनजान भएको एक बर्ष जति भयो । साझेदारीमा जग्गाको कारोवार गर्न थालेपछि यता केही महिना देखि हामीबीच सामिप्यता बढ्दै गएको छ । उनी फ्रेस भएर निस्कदा पारदर्शी नाइट गाउनमा थिइन् । यस्तो लाग्दथ्यो, उनको शरीर कुनै शिपालु कारिगरले निर्माण गरेको हो । शरीरका अंग प्रत्याङ्गहरु यथास्थानमा नापतौल गरेर राखिएका जस्ता सपुष्ट थिए, सुन्दर थिए, त्यो सुन्दरतालाई पोशाकले लुकाउन सकिरहेको थिएन ।

 
म्याडमले टेबुलमा दुईटा गिलास राखिन त्यसमा चिसो वियर भरिन र मेरो छेऊमा आएर बसिन । हामी एउटै सोफामा आमुन्ने सामुन्ने भएर चिसो वियर पिउ“दै गफ गर्दै थियौं । विस्तारै जादू हुदै गयो । मीठा मीठा गफ त दुई मुखले भन्दा चारआ“खाले पो गर्न जान्दा रहेछन् । हामीले वियरको चिसोले तन चिस्याउन खोज्दा मन त झन तात्दै गएछन् । मनका ती तापले हामीलाई कतिखेर मुक (लाटालाटी) बनाएछ कुन्नि थाहै भएन ।
मान्छेमा वाणी बन्द भएपछि त शरीरका अन्य अवयवहरु सक्रिय हुन थाल्दा रहेछन् ।

प्रतिक्रिया

प्रतिक्रिया