बगेर गयो

जीवन शर्मा
एकाएक फेरिएको आकाश
पलभरमा दर्किन शुरु गरेको
कन्चन पानीसङ्ग
दिन ढल्क्यो
मन झस्कदै गयो
लालाबालाको चिच्याहट बढ्दै गयो
कोलाहल मच्चियो
यो मेरो घर
यो मेरो गाउँ
झिसमिसेमा सन्नाटा छाइसकेको मेरो परिवारमा
बाकी हेर्न चकमन्न एकतमासको पानी मात्रै थियो
न नानो थियो
न छानो थियो
मात्र म थिए
मेरा क्रन्दन थियो
मेरो असह्य पिडाको भारि थियो
जिन्दगिभरी
एउटा- दुइटा अनगिन्ती पिडासङ्ग
पौठेजोरि खेले,
हासी हासी त्यस्लाइ लिप्ट्याए
अह
अहिले त सकिन मेरो पीडा लुकाउन
छताछुल्ल भयो
सन्सारले देखे, दुख पोखे
सहानुभूतिका चाङ्गसङ्गै
म अझ झन दोधारमा रहे
मेरा बिगत
मेरा दुख पीडा
यो भन्दा कम थिएन
आजै मात्र न हो यो पोखिएको
अब त न आँसु रह्यो
न जीवन रह्यो
यो अर्ध जिन्दगी
यो नकाम जिन्दगी
यो रुन्चेे जिन्दगी
एउटा मल्हम थियो
नदि सङ्गै बगेर गयो
नदिसङ्गै बगेर गएको
मेरो भविश्य
मेरो जीवन
मेरो सन्सारको बर्णन
अब म
न ब्यक्त गर्न सक्छु
न बरबराएर हिड्नसक्छु
म त केवल
भाचिएका सपनासङ्ग
न लाचार भएर जुध्नसक्छु
मैले हारेको दिन
म जिउदै मरेको दिन
मैले होस गुमाएको दिन
मेरा वरिपरि रहेर
मुकदर्शक बनेको
मेरो सरकार
म जस्तै पिडाबोध
गर्छ कि गर्दैन
सरकारको मथिङ्गल हल्लन्छ कि हल्लदैन?
मेरो पिडामा मल्हम
मेरो दुखमा साथ छ कि छैन सरकार??
बाढिमा परेका तराइका सर्वसाधारण र सदगत गर्ने ठाउ नपाएर बगाइएका सप्तरीका बालकमा हार्दिक श्रदन्जली सहित समर्पित ।
, नेपालगन्ज अगष्ट २१, २०१७

प्रतिक्रिया

प्रतिक्रिया