– गाैरी प्रधान
हातमा
एउटा स्मार्ट फोन
एउटा स्मार्ट घडी
सपनामा भने
स्मार्ट स्कूल
स्मार्ट कलेज
स्मार्ट हस्पिटल
स्मार्ट आइटि !
त्यती मात्रै कहाँ हो र ?!
शहरमा
सिङ्गै स्मार्ट सिटि !
तर
बिपनामा भने
जता हेर्यो उतै
स्मार्ट खाल्डो
स्मार्ट धुँवाधुलो
स्मार्ट चाकडि
स्मार्ट घुसखोरी
स्मार्ट भ्रस्टाचार्
स्मार्ट मनपरितन्त्र
त्यो
न जनयुद्धले ढल्यो
न जनान्दोलनले गल्यो
सायद
अब देशले
एउटा स्मार्ट
अभियान खोजेको छ
एउटा स्मार्ट युग चाहेको छ
सबै सबैको लागी
त्यसैले
अब सबैले भनौ
बोल बम
जोड लाएर भनौ
बोल बम !!!