शनिबार विशेष कार्यक्रम गरी वरिष्ठ स्रष्टा स्वर्गीय प्रेम प्रकाश मल्ल (मधुकर)को ८२आंै जन्मजयन्ती मनाइएको छ । भेरी साहित्य समाजले मधुकरको कृतित्वको चर्चास“गै ८२औं जन्मजयन्ती मनाएको हो ।
समाजले प्रेम प्रकाश मल्लकी छोरी वाणीश्री मल्ल र ज्वाई बखत बहादुर मल्लको योगदानमा स्थापना गरेको प्रेम प्रकाश मल्ल स्मृति साहित्य पुरस्कार पनि शनिबार वितरण गरिएको छ । समाजका अध्यक्ष हरि प्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा बा“केका वरिष्ठ उर्दु स्रष्टा अब्दुल लतिफ शौकलाई नगद राशी सहित यसबर्षको प्रेम प्रकाश मल्ल स्मृति साहित्य पुरस्कार प्रदान गरिएको हो । गत बर्ष वरिष्ठ समालोचक डा. गोपाल प्रसाद अधिकारी र पत्रकार पूर्णलाल चुकेलाई उक्त पुरस्कार प्रदान गरिएको थियो ।
पुरस्कारका लागि पूर्णलाल चुकेको संयोजक रहेको झलकजी विकल्प र इन्द्र बस्नेत रहेको छनोट समिति गठन गरिएको थियो । उर्दु गजलका विभिन्न कृति प्रकाशन गरेका वरिष्ठ स्रष्टा शौक नेपालगन्जका अग्रणी शायर हुन् । भेरी साहित्य समाजदेखि मध्यपश्चिम गजल प्रतिष्ठानसम्म प्रतिनिधित्व गरिसकेका उनी उर्दु साहित्यिक संस्थामा नेतृत्व गर्छन् ।
कार्यक्रमका प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मी र समाजका अध्यक्ष हरि प्रसाद तिमिल्सिनाले वरिष्ठ स्रष्टा शौकलाई सम्मान एवं पुरस्कार प्रदान गरेका हुन् । ‘यसले मेरो शिर उचो बनाएको छ’, पुरस्कार ग्रहण गर्दै शौकले भने । कार्यक्रममा अवधी स्रष्टा विष्णुलाल कुम्हाललाई पनि सम्मान पत्र प्रदान गरिएको थियो । भेरी साहित्य समाजका आजीवन सदस्य, नन्कुराम होलिराम प्रतिष्ठानका अध्यक्ष नन्दलाल वैश्य र नेपालगन्ज उद्योग वाणिज्य संघका उपमहासचिव तारा रोकायलाई पनि समाजले स्वागत सम्मान गरेको छ ।
कार्यक्रममा स्रष्टा खगेन्द्र गिरी कोपिलाले मधुकरको व्यक्तित्व र कृतित्वसगै सम्मानित व्यक्तित्वबारे पनि प्रकाश पारेका थिए । कार्यक्रममा स्रष्टाहरुले विभिन्न रचना वाचन
गरेका थिए ।