बाहुबलीले हाउसफुल बागेश्वरी

भारतीय चलचित्र बाहुबली २ हेर्न दर्शकहरुको घुइँचो लागेको छ ।

रिलिज भएकै दिन हिजो शुक्रबार ८ शो पुरै हाउसफुल भएको बागेश्वरी क्युएफएक्सका प्रबन्धक मो. रफिले जानकारी
दिए । प्रबन्धक रफिका अनुसार, यसअघि दंगल र नेपाली चलचित्र छक्का पञ्जाले राम्रो व्यापार गरेको नेपालगन्जमा बाहुबली २ ले त्यो रेकर्ड तोड्ने अनुमान गरिएको छ ।

६ सय ७५ दर्शक सजिलै वातानुकुलित सुविधामा फिल्म हेर्न मिल्ने बागेश्वरीमा त्यो भन्दा ठूलो संख्याका दर्शकहरु हल बाहिर देखिन्थ्ये । ‘म हिजै देखि अनलाइनमा टिकट बुक गरेर आज बल्ल मौका पाएँ’, शुक्रबार अन्तिम शो हेर्न पुगेका खगेन्द्र शाहीले नेपालगन्जन्यूज सँग भने ।

बाहुबली २ ले ९ सय करोड भन्दा बढि कमाउन सक्ने अनुमान गरिएको छ । फिल्म हिन्दी, मलयालमतमिल, तेलुगु गरी ४ भाषामा रिलीज छ ।

यो पनि पढ्नुस

बाहुबली–२ आज हत्याको रहस्य खुल्दै

प्रतिक्रिया

प्रतिक्रिया