विरेन्द्र शाही मेमोरियल अन्तर कलेज टि–ट्वान्टी: मोडेल र ब्राइटल्याण्ड विजयी

कुबेरजंग शाही

बाँकेको कोहलपुरमा जारी विरेन्द्र शाही मेमोरियल अन्तर कलेज टि–ट्वान्टी प्रतियोगितामा कोहलपुर मोडेल कलेज र ब्राइटल्याण्ड कलेज विजयी भएका छन् ।

कोहलपुर मोडेल कलेजले युनाइटेड एकेडेमी नेपालगन्ज लाई ५ विकेटले पराजित गर्यो । खेलमा कोहलपुर मोडेल कलेजका खेलाडी सिद्धान्त शाहीले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिंदै म्यान अफ द म्याच भए । अर्को खेलमा ब्राइटल्याण्ड कलेज विजयी भयो ।

युनाइटेड भिजन क्रिकेट क्लबको आयोजनामा जारी प्रतियोगिता चैत्र १२ गतेसम्म चल्नेछ । प्रतियोगितामा बाँकेका स्थानीय तथा बर्दिया, सुर्खेत, दाङ र सुदूरपश्चिमका कलेज टिमहरु सहभागी छन् । टि–ट्वान्टी प्रतियोगिताका विजेताले ५० हजार रुपैयाँ, उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

प्रतिक्रिया