सकियो पिएम कप भलिबलको आठौं संस्करण तयारी

प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिताको आठौं संस्करण सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । बुधबार नेपालगन्ज रंगशाला स्थित सचिवालयमा आयोजित पत्रकार भेटघाटमा पिएम कपका संस्थापक अध्यक्ष टीएस ठकुरीले सबै तयारी पुरा भएको जानकारी गराएका हुन् ।


नेपाल भलिबल संघको स्वीकृतिमा हुने प्रधानमन्त्री कपको आठौं संस्करण भोलि चैत १० देखि १४ गतेसम्म नेपालगन्ज रंगशालास्थित कभर्ड हलमा हुँदैछ । विगतका बर्षहरुमा भन्दा यसपटक कोरोना महामारीका कारण केही समय ढिला हुन गएको आयोजकले जनाएको छ ।
‘प्रधानमन्त्री कप भलिबल प्रतियोगितालाई नेपालगन्ज (बाँके)को चिनारीको रुपमा विकास गर्ने हाम्रो प्रयास हो,’ मुलआयोजक समिति संयोजक रहेकी लुम्बिनी प्रदेश सदस्य कृष्णा केसीले पत्रकारहरुसँग भनिन्–‘ दक्षिण एशियाकै नम्बर एक क्लब च्याम्पियनसीपका रुपमा प्रधानमन्त्री कपलाई स्थापित गराउने हाम्रो लक्ष्य रहेको छ ।’
प्रतियोगितामा आयोजक सहित नेपालका शीर्ष चार र भारतका दुई टिमको सहभागिता रहने अध्यक्ष ठकुरीले जानकारी दिए । उनका अनुसार, लिगकम नकआउट प्रणालीमा सञ्चालन हुने यस प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, न्यु डायमन्ड एकेडेमी, आयोजक लुम्बिनी युनाइटेड, भारतको छत्तीसगढ स्पोर्ट्स एकेडेमी(महाराष्ट्र) र हरियाना स्पोर्ट्स क्लब रहेका छन् ।
पत्रकार भेटघाटका क्रममैं प्रदेश सभा सदस्य कृष्णा केसी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, रुपैडिहा पत्रकार संघका अध्यक्ष शेरसिंह कसौधन, भलिबलका पूर्व अन्तर्राष्ट्रिय रेफ्री अजितकुमार शर्मा, नेपाली राष्ट्रिय टिमका पूर्व खेलाडी राकेशकुमार श्रीवास्तव, राखेप पुर्व निर्देशक जयन्तकुमार शर्मा, लुम्बिनी खेलकुद परिषदका सदस्य नरेन्द्र थापा, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य कृष्ण श्रेष्ठले पिएमकपको टिसर्ट सार्वजनिक गरेका थिए ।
पिएमकप भलिबलको वेभसाइट धधध।ऊअगउखयििभथदबिि।अयm पनिलन्चगरिएको छ ।
मिस नेपाल नम्रता श्रेष्ठ प्रतियोगिताको सदभावना दूत छन् । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले प्रतियोगिताको उद्घाटन तय भएको आयोजक बाँके जिल्ला भलिबल संघले जनाएको छ ।

उद्घाटनलगत्तै पहिलो दिन नेपाल पुलिस विरुद्ध त्रिभुवन आर्मी क्लबले खेल्नेछ भने अर्को खेल न्यु डायमन्ड एकेडेमी विरुद्ध आयोजक टिम लुम्बिनी युनाइटेड हुनेछ ।
नेपाली भलिबलको सर्वाधिक धन राशीको पुरस्कार रहेको प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो टिमले एक लाख र चौथो हुने टोलीले ५० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम इन्डिया, पाँचौंमा एपीएफ, छैटौंमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेका थिए ।

प्रधानमन्त्री कप तयारी: कहिले बन्ला घरेलु टिम ?

प्रतिक्रिया

प्रतिक्रिया