मेयरकप रनिङ शिल्ड गर्दै खजुरा

गौघाट शनिबार देखि हुने रनिङ शिल्डमा १६ विद्यालयका ४१८ खेलाडीले प्रतिस्पर्धा गर्ने

खजुरा गाउँपालिकाले अन्तर विद्यालय मेयर रनिङ शिल्ड प्रतियोगिताको चौथो संस्करण आयोजना गर्ने भएको छ । शनिबार देखि योगिनी मावि गौघाटको खेल मैदानमा प्रतियोगिता गरिने भएको हो ।

विभिन्न १५ इभेन्ट्स समावेश गरिएको प्रतियोगितामा खजुरा क्षेत्रका १६ विद्यालयले भाग लिने आयोजकले बताएको छ । प्रतियोगितामा १८ वर्ष मुनिका १ सय ६६ छात्रा र २ सय ४१ टात्र गरी ४ सय १८ जना खेलाडीले भाग लिनेछन ।

आयोजनाबारे जानकारी दिन शुक्रवार गरिएको पत्रकार सम्मेलनमा खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले पालिका स्तरीय रनिङ शिल्डले खजुराको खेलकुद स्तर माथि उकास्न महत्वपुर्ण प्रतियोगिताका रुपमा स्थापित हुँदै गएको बताए ।

खजुरा गाउँपालिकाका अनुसार, २० लाख कुल बजेट रहेको रनिङ शिल्ड आयोजनामा गाउँपालिकाले ६ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । आवश्यक अपुग रकम पालिकाले व्यवस्था गर्ने अध्यक्ष कक्षपतिले बताए ।

शुक्रबार भएको पत्रकार सम्मेलनमा खजुरा गाउँपालिकाका राजनितिक सल्लाहाकार भीम ओली, योगिनी माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिम बहादुर पुन, योगिनी माविका प्रअ गगन खड्का लगायतले प्रतियोगितालाई भव्य बनाउनु पर्नेमा जोड दिए ।

प्रतियोगितालाई सफल बनाउन अध्यक्ष कक्षपतिको नेतृत्वमा ३ सय १ मुल आयोजक समिति गठन गरिएको पालिकाले जनाएको छ । खजुरा गाउँपालिका शिक्षा समितिको आयोजना र योगिनी माविको व्यवस्थापनमा हुने प्रतियोगिता फागुन २८ देखी ३० गते सम्म चल्नेछ ।

प्रतिक्रिया

प्रतिक्रिया