कोरोना महामारीका कारण ठप्प खेलकर्मलाई चिर्दै बाँकेको खजुरामा प्रतियोगितात्मक भलिबल खेल सञ्चालन गरिएको छ ।

सचेत युवा मन्चको आयोजनामा खजुरामा भलिबल प्रतियोगिता आयोजना भएको हो । खजुरा गाउँपालिका स्तरीय उक्त प्रतियोगितामा ९ वटा टीमको सहभागिता रहेको छ । शुक्र भलिबल स्टेडियमा संचालन भएको प्रतियोगिताको बाँके ३ नं. का सांसद नन्दलाल रोकायले शुक्रवार उद्घाटन गरेका हुन् । उनले विभिन्न भौतिक विकास जस्तै खेल क्षेत्रको विकास महत्त्वपूर्ण हुने बताए ।
प्रदेश सांसद बाबुराम गौतम, खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले खेलकुदमा लगानी स्वस्थ्य र सभ्यताको पहिचान भएको बताए । मन्चका अध्यक्ष मनप्रकाश रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा सचिब प्रदीप खनालले कार्यक्रम संचालन गरेका थिए । प्रतियोगिता आज सकिंदैछ । प्रतियोगितामा मदन भण्डारी स्पोर्ट्स एकेडेमी खजुराको समन्वय र वडा नं. २ खजुरा गाउँपालिकाको सहयोग रहेको छ ।