फागुन १८ देखि प्रधानमन्त्री कप

नेपालगन्जमा फागुन १८ गतेदेखि प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको छैठौं संस्करण हुने भएको छ । बाँके जिल्ला भलिबल संघको आयोजनामा हुने प्रतियोगिता नेपालगन्ज रंगशालाको कभर्डहलमा फागुन २२ गतेसम्म चल्नेछ ।


नेपालगन्जमा बुधबार पत्रकार सम्मलेन गर्दै भलिबल संघले प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका र माल्दिभ्सका शीर्ष क्लबहरुलाई आमन्त्रण गरिएको जानकारी दिएको छ । मूल आयोजक समितिका संयोजक प्रदेश सांसद् कृष्णा केसी नमुनाका अनुसार प्रतियोगितामा प्रथम हुने रु.२ लाख, उपविजेताले रु. १ लाख र तृतीय हुनेले रु.५० हजार नगद पाउनेछन् ।


प्रतियोगितालाई दक्षिण एसियाकै नम्बर १ प्रतियोगिताका रुपमा स्थापित गराउन यस बर्षदेखि समाजका प्रतिष्ठित व्यक्तिहरुलाई मूल आयोजक समितिमा राखिएको बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीले बताएका छन् । प्रतियोगितामा ३० लाख खर्च हुने अनुमान आयोजकले गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया