हक्कीले जित्यो उपाधि

पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको स्मृतिमा आयोजित दोस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि प्रदेश ५ अन्तर्गत बाँकेका खेलाडीहरुको टिमले हात पारेको छ । टिमकोच निजामुद्दिन सिद्दिकी (मुन्ना)ले दिएको जानकारी अनुसार, गण्डकी प्रदेश पोखरासँग भएको फाइनल खेलमा प्रदेश ५ को प्रतिनिधित्व गर्दै बाँकेका खेलाडीले ३ विरुद्ध ५ गोल गरी ५० हजार नगद सहित उपाधि जित्न सफल भएको हो ।


विराटनगरमा भएको प्रतियोगिता जित्न सफल भई आइतबार गृह जिल्ला नेपालगन्ज आइपुगेका खेलाडीहरुलाई स्वागत, सम्मान गरिएको जानकारी दिंदै टिम कोच सिद्दिकीले टिम व्यवस्थापक रमजान अली इराकी (शिखर) सहित खेलाडीहरुलाई प्रोत्साहन गरिएको बताए । नेपालगन्जबाट प्रतिनिधित्व गर्ने सशि दर्लामीले फाइनल खेलमा दुई, ऋषु कुमार, रोहित लामा, मनिष गुरुङ्गले १÷१ गोल गर्न सफल भएका थिए ।

त्यसअघि नेपाल आर्मीसँगको सेमिफाइनल खेलमा ४–५ले विजयी भई नेपालगन्ज फाइनलमा पोखरासँग भिड्न पुगेको थियो । वेष्ट गोलकिपरका रुपमा ५ हजार नगद सहित नेपालगन्जकै खेलाडी पुरस्कृत हुन सफल भएको टिम कोच सिद्दिकीले जानकारी दिए । वेष्ट गोलकिपर नेपालगन्जका कार्तिक गुरुङ्ग घोषित भए ।

प्रतिक्रिया

प्रतिक्रिया