अब धारा नेपालगन्ज म्याराथन

नेपालगन्ज म्याराथनको पाँचौं संस्करण यसै साता मंसिर ७ गते शनिबार आयोजना गरिंदैछ । सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा मंसीर ५ गते भएको बिस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष गरिंदै आएको नेपालगन्ज म्याराथनलाई केएल दुगड समूहको उत्पादन धारा तेलले साथ दिने भएको छ ।


‘हाम्रो अभियानलाई साथ दिन धारा शुद्ध तोरीको तेलसँग सहकार्य भएको छ,’ केएल दुगड ग्रुप अन्तर्गत सौरभ आयल मिलको उत्पादन धारा नेपालगन्ज म्याराथनसँग मुख्य प्रायोजकका रुपमा आयोजक क्रिएटिभ ह्याण्ड्सले आइतबार दुई बर्षका लागि सम्झौता गरको जानकारी दिंदै जारी प्रेस विज्ञप्तिमा भनिएको छ । ‘अब म्याराथनको नाम धारा नेपालगन्ज म्याराथन रहनेछ,’ केएल दुगडका महाप्रबन्धक प्रदीप कुमार छाजेड र क्रिएटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरीले सम्झौता पत्रमा हस्ताक्षर गरेको जानकारी दिैदै विज्ञप्तिमा भनिएको छ, ‘धाराको नारा मुटु चाहिन्छ मुटुसँग म्याराथनको कहि न कहि तालमेल हुन आउँछ । म्याराथन दौडका लागि तयार हुन पनि मुटुनै चाहिन्छ ।’

पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगन्ज जातीय, धार्मिक तथा साम्प्रदायिक विविधता भएर पनि एकताको सूत्रमा बाँधिएको सद्भावको शहर हो । सामाजिक एकताको प्रतिक खेलकुदमार्फत शहरलाई चिनाउने आयोजकको उद्देश्य रहेको भन्दै विगत चार वर्षदेखि निरन्तर आयोजना गरिंदै आएको नेपालगन्ज म्याराथनले कोहलपुर र नेपालगन्जलाई जोड्ने एउटा सशक्त माध्यम बनेको दावी गरिएको छ ।

नेपालगन्जलाई महानगर बनाउने अवधारणाको चर्चा हुँदा सरकारले नेपालगञ्ज र कोहलपुर शहर जोड्ने नीति अघि सारेको छ । ‘यो हाम्रो पहिल्यैदेखिको सपना हो,’ आयोजकले भनेको छ, ‘सद्भावको शहर नेपालगञ्जलाई अरु शहरसँग जोड्ने मात्रै होइन, विश्वमा चिनाउने हाम्रो अभियान जारी रहेको छ ।’

विश्व मानचित्रमा लामो दौड अर्थात म्याराथनको अलग महत्व हुने गर्दछ । यसले स्वस्थ रहन सन्देश दिन्छ, बालकदेखि वृद्धसम्मलाई समेट्छ । साथै ठाँउ विशेषको पहिचान स्थापित गर्छ, विभिन्न पेशा एवं व्यवसायका मानिस एकैपटक एक ठाउँमा जमघट गराउँछ ।
यसले सामाजिक एकताको सन्देश दिन्छ । एक हिसाबले म्याराथन एउटा उत्सव हो । उत्सव साझा हुनुपर्छ । नेपालगन्ज म्याराथन त्यही उद्देश्यबाट प्रेरित छ । ‘त्यसका लागि सबैको सहभागिता, साझेदारी, सहकार्य जरुरी छ । आउनुस्, सबै मिलेर यो साझा उत्सवलाई सफल बनाऔं,’ अध्यक्ष ठकुरीले जारी गरेको विज्ञप्तिमा भनेका छन् ।

पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफम्याराथन, ५ किलोमिटर महिलातथा पुरुषको स्कुल स्तरीय तथा खुल्ला दौड समावेश गरिएको छ । त्यसैगरी ८ देखि १२ बर्ष उमेरसमुहको पनि दौड राखिएको छ भने शारीरिक रुपले अशक्तहरुको लागिपनि दौड स्पर्धा समेटिएको छ ।
यस बर्षदेखि २ किलोमिटरको कर्पोरेट रन पनि राखिएको छ । यसमा जनप्रतिनिधि, चिकित्सक, इन्जिनियर, प्राध्यापक, वकिल, शिक्षक, पत्रकार तथा बिभिन्न पेशा र व्यवसायीहरुले सहभागिता जनाउनेछन् । खुल्ला म्याराथनतर्फ शीर्ष आठ जना तथा हाफम्याराथनमा शीर्ष ६ जनालाई नगद तथा आकर्षक उपहारबाट पुरस्कृत गरिनेछ । अन्य सबै विधामा नगद पुरस्कार दिइनेछ । कर्पोरेट रनका विजेतालाई सरप्राइज पुरस्कार प्रदान गरिनेछ ।
नेपालगन्ज उपमहानगरपालिका नजिक बीपीचोकदेखि सुरु भइ कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनःबीपीचोकमा पुरा हुने म्याराथनमा राष्ट्रियस्तरका धावकहरु सहभागि हुनेछन् । त्यस्तै, जुम्ला, कालिकोट लगायतका कर्णालीकाजिल्लाहरु र प्रदेश ५, ६ र ७ का खेलाडीहरुले भागलिदैआएका छन् ।
नेपालगन्जम्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा र चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई विजेता भएका थिए भने हाफम्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छिन् । यसपटक सबै विधामानगद पुरस्कार बृद्धि गरिनेछ ।

प्रतिक्रिया

प्रतिक्रिया