पदम खत्री स्मृति तथा बडिमालिका कपको उपाधि साथीभाईलाई

वाजुरा – दोस्रो पदम खत्री स्मृति तथा बडिमालिका कप खुल्ला भलिबल प्रतियोगिताको उपाधि अछामको मार्कुको साथीभाई क्लबले जितेको छ । वाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ९ पैमामा भएको खुला भलिबल प्रतियोगिताको उपाधिमाथि कब्जा जमाएको साथीभाई क्लबले नगद ५१ हजार एक सय एघार सहित टफी मेडल र प्रमाणपत्र पाएको छ ।

सुन्दर नेपाल बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको प्रतियोगिताको आज पार्वती माविको मैदानमा भएको फाईनलमा साथीभाई क्लबले बाजुराको वुढीगंगा नगरपालिकालाई ३–० को सोझो सेटमा हराउदै उपाधि आफ्नो पोल्टामा पारेको हो । वुढीगंगगा नगरपालिकाले भने नगद २५ हजार एक सय एघार सहित टफी मेडल र प्रमाणपत्रमा चित्त वुझाएको छ । साथीभाईले पाच सेटको फाईनलमा तीन सेट लगातार २५–१२, २५–२३ र २८–२७ को अन्तरले जितेर उपाधि चुमेको हो । प्रतियोगिताको उतकृष्ट खेलाडी गणेश स्मृति अछामका खेलाडी विन्दुराज खत्री उत्कृष्ट खेलाडी भए । उनल्े नगद ५ हजार पाए ।

आफ्ना स्वर्गीय बुबा पदम खत्रीको स्मृतिमा दुई बर्ष अघि सुरु भएको प्रतियोगिताको दोस्रो संस्करण सम्पन्न भएको प्रतियोगिताका संयोजक राजेन्द्र खत्रीले जानकारी दिनुभयो । हरेक दुई बर्षमा आयोजना हुने प्रतियोगिताको तेस्रो संस्करण २०७८ सालमा हुने संयोजक खत्रीले बताउनुभयो ।

दोस्रो संस्करणका विजेता तथा उपविजेता खेलाडीहरुलाई एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरिएको छ । सुन्दर नेपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा स्वर्गीय पदम खत्रीका जेठा छोरा अमर सिंह खत्रीको अध्यक्षतामा भएको समापन कार्यक्रमका प्रमुख अतिथि त्रिवेणी नगरपालिकाका मेयर रामसिंह रावल रहनु भएको थियो । प्रतियोगिताका संयोजक राजेन्द्र खत्रीले स्वागत गरेको कार्यक्रमका विशिष्ठ अतिथि त्रिवेणी नगरपालिकाकी उपमेयर राधिका सुनार र नेपाली काग्रेंसका महाअधिवेशन प्रतिनिधि पदम शाही रहनु भएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया