अष्ट्रेलियासँग नेपाल ५–० ले पराजित

एजेन्सी – अष्ट्रेलियाको क्यानबेरामा जारी विश्व कप छनोट खेलमा घरेलु टोलीसँग नेपाल ५–० ले पछि परेको छ ।खेलमा अस्ट्रेलियाका जिमि म्याकलेमले ह्याट्रिक र ह्यारी सौटरले समान २ गोल गरेका छन्।

खेलमा नेपालले निरन्तर दवाब खेपेको थियो । खेलको छैटौं मिनेटमा नै नेपालले गोल खाएको थियो । नेपाली गोलकिपर किरणबाट रिवाउन्डमा आएको बलमा जिमिले गोल गरेका थिए । १९ औं मिनेटमा जिमिले अर्को गोल थपे ।

२४ औं मिनेटमा ह्यारीले टिमका लागि तेस्रो र व्यक्तिगत पहिलो गोल गरेका छन् । ह्यारीको त्यो डेब्यू गोल थियो । ह्यारीले ५९ मिनेटमा अर्को गोल गरे । उनले हेडमार्फत गोल गरेका थिए । जिमीले अन्तिम मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका थिए ।

विश्व कप छनोटका अहिले सम्मका ३ खेलमा नेपालको यो दोस्रो हार हो । गत महिनाको पहिलो खेलमा कुवेतसँग ७–० ले पराजित भएको नेपाली टोली अर्को खेलमा चाइनिज ताइपेलाई २–० ले हराएको थियो । अष्ट्रेलियाले भने आफ्नो दुवै खेल जितेको छ । यसअघि अष्ट्रेलियाले कुवेतलाई ३–० ले हराएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया