पाँच देशको सहभागिता रहेको टी २० क्रिकेट सिरीजमा आयरल्याण्डले नेपाललाई एक सय ४६ रनको लक्ष्य दिएको छ ।
ओमान क्रिकेट संघको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ४५ रन बनायो । नेपालले आयरल्याण्डको स्कोर सात रन हुँदा पहिलो सफलता हात पार्यो । नेपालका लागि सन्दिप लामिछानेले विकेट लिन सफल भए । उनले ओपनर केभिन ओब्राइनलाई मात्र पाँच रनमा आउट गरे ।
त्यस्तै ,दोस्रो विकेटका लागि पउल र एन्डी बाल्करीन विच ८८ रनको साझेदारी भएको थियो । तर एन्डीलाई ललित राजवंशीले ३८ रनमा पेभेलियन फर्काए ।
त्यसपछि क्रिजमा आएका जर्ज डोकरेललाई दिपेन्द्रसिंह ऐरीले खाता खोल्न नपाउँदै आउट गरेपछि नेपालले ९६ रनमा तेस्रो विकेट लिन सफल भयो । आयरल्याण्डको स्कोर एक सय १२ रन हुँदा नेपालले चौथो विकेट लियो । अभिनाश बोहोराले विल्सनलाई ६ रनमा एलबीडब्लु धरापमा पारे ।
लगत्तै करण केसीले नेपालका लागि चौथो र पाँचौ सफलता दिलाए । उनले मार्क अडायरलाई खाता खोल्न नदिदै आउट गरे ।
आयरल्याण्डका पुछार तिरका खेलाडीलाई एकपछि अर्को रुपम आउट गरेको नेपालले एक सय २२ रन हुँदा सातौं विकेट लिन सपल भयो । नेपालका लागि सन्दिप लामिछानेले गारेथ डेलानेलाई चार रनमा आउट गरे । त्यसको लगत्तै अभिनाश बोहोराले पनि सिमी सिंहलाई पाँच रनमा पेभेलियन फर्काए जसका कारण आयरल्याण्डले एक सय २४ रनमा आठौं विकेट खेर फाल्यो । अन्तिममा स्टुवार्ट थमसनले अविजीत रन बनाए । बलिङमा नेपालका अभिनाश बाेहाेरा र सन्दिप लामिछानेले २-२ विकेट लिए ।