दशैं कप फुटसल प्रतियोगिताको उपाधि स्टार सिटीलाई

धनगढी – धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा भएको दशैं कप फुटसल प्रतियोगिताको उपाधि स्टार सिटीले जितेको छ । आज भएको फाईनलमा एक्सपर्ट एजुकेशन तथा भिषा सर्भिसेजलाई ४—१ ले हराउँदै स्टार सिटीले उपाधि उचालेको हो ।

उपाधिसँगै सिटीले नगद ३० हजार सहित टफी र मेडल पाएको छ । उपविजेता एक्सपर्ट एजुकेशन तथा भिषा सर्भिसेजले नगद १५ हजार सहित टफी र मेडल पाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी स्टार सिटीका सन्दिप कुँवर र सर्वाधिक गोलकर्ता स्टार सिटीकै कमल देउवा तथा उत्कृष्ट गोलरक्षक एक्सपर्टका मिलन लामा भए । उनीहरुलाई पनि टफी र मेडल सहित सम्मान गरिएको छ । यसअघि आज नै भएको सेमिफाईनलमा स्टार सिटीले फ्रेण्ड्स क्लबलाई हराएको थियो भने एक्सपर्टले विशाल युवा क्लबलाई हराएको थियो ।

विजयी खेलाडीहरुलाई एक कार्यक्रमबा बीच पुरस्कार वितरण गरिएको छ । फ्ल्याटल्याण्डका सञ्चालक प्रेम जोशीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य प्रकाश विष्ट र विशिष्ठ अतिथि कैलाली जिल्ला फुटबल संघका अध्यक्ष मोहित शाह रहेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया