चन्द्रज्योति र आयोजक योगिना ‘बी’ विजयी

नेपालगन्ज – खजुरा गाउँपालिका–२ गौघाटमा जारी प्रथम योगिनी कप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा चन्द्र ज्योति क्लब र आयोजक योगिनी–एघार ‘बी’ टिम विजयी भएको छ ।
पहिलो खेलमा चन्द्रज्योति युवा क्लबले युथ युनियन क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो । चन्द्रज्योति युवा क्लबका लागि पहिलो हाफको ३३ औं र दोस्रो हाफको ७० औं मिनेटमा क्रमशः प्रकाश वली र बिमल रानाले समान एक÷एक गोल गर्दै टोलीमा विजय गराएका हुन् ।

चन्द्रज्योतिका प्रकाश वली म्यान अफ द म्याच घोषित भए । उनलाई खजुरा गाउँपालिका–४ को वडाध्यक्ष तिलकबीर सुनार र खजुरा गाउँपालिका नेकपा सचिव यमबहादुर महतराले पुरस्कार प्रदान गरेका थिए ।

आइतबार नै भएको दोस्रो खेलमा उपाधिको दाबेदार टोली न्यूँ डाँफे स्पोट्स क्लब आयोजक योगिनी–एघार ‘बी’ सँग १–० ले स्तब्ध बनेको छ । पहिलो हाफको २८ औं मिनेटमा न्यूँ डाँफेले गोल खान पुग्यो । योगिनीका सन्देश बोहराले विपक्षी किपरको हातबाट फुत्केको बललाई बिना कुनै गल्ती सोभैm गोल पोष्टमा प्रहार गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।

दोस्रो खेलमा आयोजक योगिनी–एघार ‘बी’ खेलाडी गोपाल खड्काले म्यान अफ द म्याचको पुरस्कार हात पारे । उनलाई नेपालगन्ज–एघार फुटबल टिमका अध्यक्ष घनश्याम थापा र खजुरा गाउँपालिका तरुण दलका अध्यक्ष कोमलसिंह ठकुरीले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए । आज सोमबार प्रतियोगिताको अन्तिम क्वार्टर फाइनल खेल मोर्डन टिम र योङ स्टारबीच हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया