दौडिए मेयर, दौडियो नेपालगन्ज

सतिश निरौला

देशभर विविध कार्यक्रम सहित संविधान तथा रास्ट्रीय दिवस मनाइरहँदा नेपालगन्जमा पनि सोही अवसरमा नेपालगन्ज साइक्लिङ्ग क्लबले साइकल दौड आयोजना गरि मनायो । सो अवसरमा आयोजित कार्यक्रम बढो रहर लाग्दो देखिन्थ्यो, कार्यक्रममा प्रतियोगीका रूपमा नेपालगन्ज उपमहानगरका मेयर डाक्टर धवल शमशेर राणाले समेत सहभागिता जनाए उनी सङ्गै ५० औं सहभागीले उक्त साइकल दौड पुरा गरे ।

स्वास्थ, वातावरण र पर्यटनको लागि साइक्लिङ्गमा क्रियाशिल रहेको नेपालगन्ज साइक्लिङ्ग क्लब द्वारा आयोजित कार्यक्रममा समाजका अग्रणी तथा प्रबुद्ध ब्यक्तित्व सहित थुप्रै युवा, प्रौढ र बिद्यार्थीको सहभागिता थियो, पत्रकार महासङ्ग बाँके पूर्व सभापतिहरु प्रेम केसी, झलक गैरे, राझा इमामनगर ब्यारेकका नेपाली सेनाका जर्नेल सुरेस कुमार बानियाँ, अर्थोपेडिक डाक्टर प्रकाश थापा, नागरिक अगुवा एबम ब्यापार संघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ पनि प्रतियोगी कै रूपमा दौडिदा ठाउँठाउँमा उभिएका स्थानीयले अचम्मका साथ नियालिरहेका थिए । सबै खाले सामाजिक अगुवादेखि सर्वसाधारणले समेत संविधान तथा राष्ट्रिय दिवसको खुशी मनाउँदै साइकल कुदाइरहदा बाटोमा उभिएका स्थानीय खुशी देखिन्थे ।

कार्यक्रममा उत्साह भर्न उद्घाटन समारोहमा सरिक भएका डुडुवा गाउँ पालिकाका प्रमुख नरेन्द्र चौधरी सबैलाई शुभकामना दिदै साइक्लिङ्गले गाउँ शहर जोड्दै स्वास्थ र पर्यटनमा समेत महत्वपूर्ण भुमिका निभाएको देख्दा खुशी व्यक्त गरेका थिए । साइकल अभियानमा सहभागी ब्यवसायी चन्द्र श्रेष्ठ यसरी नयाँ र भिन्न तरिकाले संविधान दिवस मनाउन पाउँदा उत्साहित र खुशी देखिन्थे भने अष्ट्रेलियन नागरिक निल मे ६५ पारको उमेरमा प्रतियोगितामा सहभागी हुँदै गर्दा नेपालगन्जको साइकल प्रतिको मोह देख्दा खुशी थिए । पत्रकार महासङ्घका पूर्व सभापति प्रेम केसी विगत ४÷५ महिनादेखि नियमित रूपमा साइकल अभियानमा सरिक छन् । उनको अनुभव पनि गज्जबको छ । उनले सुनाए, ‘यति थोरै समयमै उनले आफ्नो भद्दा र मोटो शरीर जादुमय तरिकाले घटाएर छाटिएकोमा खुशी छन् उनले भने स्वास्थ पनि बन्दै छ अनि गाउँ शहर नि घुम्न पाइन्छ ।’ प्रतियोगितामा सहभागिता जनाएका आरआरएन नेपालगन्जमा कार्यरत तथा युवा सामाजिक अगुवा सुरेन्द्र कार्कीले प्रतियोगितामा तृतीय स्थान पनि हात पारे उनले भने मेयर, चिकित्सक, पत्रकार, ब्यबसायी लगायत समाजका सबै तह एकैसाथ दौडिन पाउँदा बेग्लै रमाइलो मात्र भएन यसले संविधान तथा राष्ट्रिय दिवसका दिन एउटा महत्वपूर्ण सन्देश समेत दिन सफल भएको छ ।

नेपालगन्जमा साइकलका गतिविधि बढाउन नेपालगन्ज वरिपरिका साथीहरू, छिमेकी तथा बाहिरी जिल्लाका ब्यक्तित्वहरु र केही नेपालगन्ज नै अस्थाई बसोबास गरेका बिदेशी ब्यक्तिहरुको पनि महत्वपूर्ण भुमिका छ । धादिङका स्व. युवक लामा जो अब हामी माझ छैनन् । उनले एउटा मात्र खुट्टाले साइकल कुदाएर सद्भाव डटकम टुर दि ठाकुरद्वारमा सहभागिता जनाउदै गर्दा थुप्रै नेपालगन्जियाहरुको प्रेरणा बन्न पुगेका थिए भने दाङका रेशम केसी लगायत सिङ्गो दाङ साइकल टिम, धनगढीका भरत बिक्रम शाह, कैलालीका एक खुट्टाले नै रारा यात्रा साइकलमा पूरा गरेका यमलाल रसाइली अनि बिदेशी नागरिक निल मे जो ६५ पारको उमेरमा पनि दिनहुँ टिम नेपालगन्ज सङ्ग साइकलमा कुद्छन् । अनि बिशेष पात्र हुनुहुन्छ बिश्व साइकल यात्री पुष्कर शाह जसले पश्चिम नेपाल मै पहिलोपटक आयोजना गरिएको ठाकुरद्वार सम्मको साइकल यात्रामा महत्वपूर्ण सहभागिता जनाउनु भयो । यी सबै पात्रहरु सङ्ग सङ्गै पछिल्लो समय हप्ताको २÷३ दिन दिनहुँ नेपालगन्जको साइकल टिम सङ्गै साइकलमा कुद्ने नेपालगन्जका मेयर धवल शमशेर राणा समेत नेपालगन्जको साइकल अभियानका प्रेरणाका श्रोत बनेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया