नेपालगन्ज – सोमबार बाँकेको कोहलपुरमा आधारभूत तह स्तरीय बुद्धिचाल प्रतियोगिता आयोजना गरिएको छ । एनप्याब्सन कोहलपुर नगर कमिटीको आयोजनामा भएको बुद्धिचाल प्रतियोगितामा वेस्टर्न माविका प्रिन्स गुरुङ प्रथम, पञ्चमुखि माविका सिद्वार्थ पुन द्वितीय र नमूना विद्यासदन माविका सञ्जय बानिया तृतीय भएका छन् ।
एनप्याब्सन कोहलपुर नगर कमिटीमा आवद्ध १० वटा विद्यालयका प्रतिस्प्रधिलाई उछिन्दै वेष्टर्न माविका गुरुङ प्रथम भएका हुन् ।
कार्यक्रममा बोल्दै कोहलपुर नगर शिक्षा शाखाका विद्यालय निरीक्षक जीवन न्यौपानेले विद्यार्थीको व्यक्तित्व विकासका लागि यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा एनप्याब्सन कोहलपुर नगर कमिटीका अध्यक्ष किशोरराज मल्लले बालबालिकाको बौद्धिक विकासका लागि प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए । कार्यक्रममा नेपाल बुद्विचाल संघ बाँकेका सचिव शुसिल सापकोटा, एनप्याब्सनका पदाधिकारीलगायत शिक्षक, विद्यार्थीहरुको सहभागिता थियो ।