काठमाडौं – नेपाल आर्मीका रमेश कार्कीले राष्ट्रिय खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको उपाधि शनिबार जितेका छन्। विभिन्न ६ तौलसमूहमा पहिलो भएका खेलाडीबीच भएको प्रतिस्पर्धामा रमेश पहिलो हुँदै मिस्टर काठमाडौंको उपाधि जित्न सफल भएका हुन्।
रमेश ७५ केजीमा पहिलो हुँदै उपाधि होडमा प्रवेश गरेका थिए। उनले विभिन्न तौलसमूहमा पहिलो भएका सिटी फिट्नेसका उमेश डंगोल (५५ केजी), फिट्नेस ग्यारेजका अमिर थापा (६० केजी), सेप्स टु फिट्नेसका विवेक विष्ट (६५ केजी), फिट्नेस ग्यारेजका मिथुन लामा (७० केजी) र ग्यालेक्सी फिट्नेसका ललित धिमाल (७५ केजी) लाई पछि पारे।
उपाधिसंगै रमेशले १ लाख ५० हजार नगद पुरस्कार पाए। आफ्नो तौलसमूहमा पहिलो भएवापत रमेशले छुट्टै १५ हजार नगद पुरस्कार पनि हात पारे । हरेक तौलसमूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाए।