अर्धशतक बनाउन ३ रनले चुके रोहित

काठमाडौं । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत नेपालले अहिले घरेलु टोली श्रीलंकासँग प्रतिस्पर्धा गरिरहेको छ ।

कप्तान रोहित कुमार पौडेल ४७ रनमा पेलिभियन फर्किएका छन् । चौंथो विकेटको रुपमा आउट भएका रोहित अर्धशतक बनाउन ३ रनले चुकेका छन् ।

आर प्रेमादशा अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले सातौं विकेट गुमाएको छ । नेपालले सातौं  विकेटको रुपमा कुशल मल्ललाई २ रनमा गुमाएको हो ।

श्रीलंकाविरुद्ध नेपालले ३८ ओभर १ बलको खेल सकिदा ७ विकेट गुमाएर १४२ रन बनाए खेलिरहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया