‘चुनौती स्वीकार गरेरनै आएको हु १३औं साग हुन्छ’ : सदस्य–सचिव सिलवाल

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले आफु चुनौती स्वीकार गरेरनै खेलकुद क्षेत्र रोजेको बताउनु भएको छ । शनिवार मदन भण्डारी स्पोर्ट्स एकेडेमी केन्द्रीय कमिटीले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा सदस्य–सचिव सिलवालले भने–म चुनौती स्वीकार गरेरनै आएको हु, १३औं साग हुन्छ ।

भारतले पनि सहभागिताको पत्र पठाई सकेको छ, अब कुनै कारणले रोकिने अवस्था छैन । सदस्य–सचिव सिलवालले थपे ‘चाईनीज टोली अगस्ट १५ मा सातदोबाटोको पूर्वधार र दशरथ रंगशालाको निरीक्षण गर्न आउदैछ, सातदेवाटोको सुटिङ रेन्ज र पौडी पोखरी हस्तान्तरण गरे पछि १३ औं सागको माहोल बन्ने छ ।’

मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष बिनोद श्रेष्ठले कार्यकालको शुभकामना ब्यक्त गर्दै सस्थापक अध्यक्ष समेत रहेका सिलवालको सफल कार्यकालका लागि शुभकामना दिए । उनले मदन भण्डारी स्पोर्ट्स एकेडेमीको नाताले सदस्य–सचिवको पद नपाइ आफ्नै (सिलवाल) खुबीका कारण सदस्य–सचिवको पद पाएको बताउदै खेलकुदको विकास र विस्तारका लागि एकेडेमीले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

एकेडेमीका केन्द्रीय उपाध्यक्ष ध्रुव अचार्यले खेलकुदलाई माया गर्ने र खेलकुद बुझेको व्यक्तिलाई राष्ट्रिय खेलकुद परिषद्को सदस्य–सचिवको जिम्मेवारी दिएकोमा नेपाल सरकारलाई धन्यवाद दिए । एकेडेमीका सचिव ओमकृष्ण प्रसाईंले कार्यकाल सफलताका लागि कामना गरे । कार्यक्रममा एकेडेमीका पदाधिकारी र क्रिकेट विभाग, मार्सल आर्ट विभागलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया