शुरु भयो, ‘इन्टर कलेज फुटसल’

भृकुटी र होपको विजयी शुरुवात


नेपालगन्जका कलेजहरुबीच पहिलो पटक ‘इन्टर कलेज फुटसल’ प्रतियोगिता शुक्रवारबाट शुरु भएको छ । अल्पाइन मेनेजमेन्ट कलेजको आयोजनामा भएको प्रतियोगिताको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणाले उद्घाटन गरे ।
भव्य औपचारिक कार्यक्रमबीच, आयोजक अल्पाइन कलेजका प्राचार्य केशव प्रसाद पथिकले आयोजनाको उद्देश्य प्रकाश पार्दै स्वागत मन्तव्य ब्यक्त गरेको उद्घाटन कार्यक्रममा अल्पाइन कलेजमा अध्ययनरत विद्यार्थी केशव राज पाण्डेले प्रतियोगिताका सबै विवरण प्रस्तुत गरेका थिए ।


उद्घाटनसँगै शुक्रवार भएको पहिलो दिनको दुई खेलमा भृकुटी र होपले जीत हात पारेका छन् । पहिलो खेल भृकुटी मा वि र नेपालगन्ज मोडेल एकेडेमी विच भएको थियो । भृकुटी मावि ले ३ का विरुद्द ५ गोल प्रहार गरी विजयी शुरुवात ग¥यो भने, दोस्रो खेलमा होप इन्टरनेशनल एकेडेमीले सहज जीत हात पारेको छ । भृकुटीका गजेन्द्र वली म्यान अफ द म्याच घोषित भए । होप र कलेज अफ इन्जिनियरिङ एण्ड मेनेजमेन्ट विच भएको खेलमा होप एकेडेमीले ३ को विरुद्द १३ गोल हानी विजयी भएको हो । होपका नविन बुढा म्यान अफ द म्याच भए ।


‘कलेजबीचको आपसी सम्बन्धको विकास र विद्यार्थीबीच भातृत्व विकासका लागि आयोजना गरिएको हो,’ आयोजक अल्पाइनका प्राचार्य पथिकले दैनिक नेपालगन्जसँग भने ।
आज शनिवार चार खेल हुने आयोजकले जनाएको छ । आजको पहिलो खेल जय बागेश्वरी र नेपालगन्ज मल्टीपल क्याम्पस विच, दोश्रो खेल नेपालगन्ज कलेज र सेन्ट थोमस विच, तेश्रो खेल कलेज अफ मेनेजमेन्ट र जि भि एन विच र चौथो खेल आयोजक अल्पाइन मेनेजमेन्ट कलेज ‘ए’ र बाँके शिक्षा सदन विच हुने छ । बिबि साइकलले टाइटल स्पोन्सरका रुपमा आयोजनालाई सहयोग गरेको बिबि साइकलका प्रवन्ध निर्देशक मो. सरीफ बागवानले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया