कोहलपुर प्रिमियर लिगको अक्सन सम्पन्न

आगामी भाद«को पहिलो साताबाट सुरु हुन लागेको कोहलपुर प्रिमियर लिग २०७६को शनिवार कोहलपुरमा खेलाडीहरुको अक्सन सम्पन्न भएको छ ।

४ वटा टीम बीच खेलाईन लागिएको कोहलपुर प्रिमियर लिगमा खेलाडीको अक्सन पहिलो पटक बांके जिल्लामा सम्पन्न भएको हो । फे«न्चाईजि टीमहरु अन्तर्गत हवल्दारपुर स्टार्स,कोहलपुर राईजिंग किंग्स,कोहलपुर रोयल्स र हवल्दार रेर्जस रहेका छन् ।

 सर्वाधिक रकममा विक्री भएका खेलाडीहरु विशाल के.सि,सदाव अन्सारी,भरत थापा,दिपेन्द« थापा रु.२५०० मा भए । हवल्दारपुर स्र्टासका मार्की खेलाडी लवकुश यादव रहेका भने कोहलपुर राईजिंग किंग्सका अस्मित शाह रहेका छन् । त्यस्तै कोहलपुर रोयल्सका मार्की खेलाडी सौगात रानाभाट तथा हवल्दारपुर रेर्जसका मार्की खेलाडी संदीप नेपाली रहेका छन् ।

नेपाल स्टार्स क्रिकेट क्लब कोहलपुरको आयोजनमा हुने प्रतियोगिताका विजेता टीमले रु.एक लाख , उप विजेताले पचास हजार पाउने छन् । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान,उत्कृष्ट बलर,वेष्ट फिल्डीर तथा उदयमान खेलाडीलाई पाच हजार पाउने छन् । मोस्ट भ्यालुएबल खेलाडीले दस हजार पाउने छन् । त्यस्तै प्रतियोगिताको फेयर प्ले टीमलाई पाच हजार पुरस्कार रहेको छ ।कोहलपुर क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगितामा बांके जिल्ला क्रिकेट संघको संयोजन रहेको प्रतियोगिताका संयोजक नितेश विष्टले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया