सदस्य–सचिव सिलवालद्वारा गणतान्त्रिक खेलकुद मैदानको निरीक्षण

प्युठान : प्रतियोगिताको उद्घाटनपछि सदस्य–सचिव सिलवालले प्यूठान नगरपालिकामा रहेको गणतान्त्रिक खेलकुद मैदानको निरीक्षण गरेका थिए ।

त्यस अवसरमा सदस्य–सचिव सिलवालले नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिलाई मैदानमा खेलकुदका पूर्वाधार बनाउन परिषद् नगरपालिकासंग सहकार्य गर्न तयार रहेको बताउदै त्यसका लागि ठोस् प्रस्ताव पेश गर्न आग्रह गरे ।

बधाइ तथा शुभकामना ः

मदन भण्डारी स्पोर्ट्स एकेडेमी रुपन्देशी जिल्ला कमिटी, मदन भण्डारी स्पोर्ट्स एकेडेमी तिलोत्तमा नगर कमिटी, मदन भण्डारी स्पोर्ट्स एकेडेमी सैनामैना नगर कमिटी, मदन भण्डारी कला साहित्य प्रतिष्ठान प्रदेश कमिटी प्रदेश ५, मदन भण्डारी फाउन्डेसन बुटवल उप महानगरपालिका कमिटी र मणि मुकुन्द भलिबल क्लब, रुपेन्देहीले राखेपको सदस्य–सचिवमा नियुक्त भएकोमा सदस्य–सचिव सिलवाललाई बधाइ तथा कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिएका छन् ।

खेलकुदलाई नजिकबाट बुझेको र खेलकुदलाई माया गर्ने व्यक्ति सदस्य–सचिवमा नियुक्त हुनु खेलकुदसंग सम्बन्धित सबैका लागि खुशी र गर्वको विषय भएको आयोजकको भनाइ थियो ।

सदस्य–सचिव रमेशकुमार सिलवाललाई बधाइ पत्र प्रदान गरिदै

प्रतिक्रिया

प्रतिक्रिया