फुटसलमा भिड्दैछन् बैंकर्स

नेपाल राष्ट्र बैंकको ६४ औ वार्षिकोत्सब र नेपाल राष्ट्र बैंक कर्मचारी संघको स्थापना दिवसको अवसरमा नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित प्रथम अन्तरबैंक फुटसल टुर्नामेन्टमा आइतबार तीन वटा खेल भएका छन् ।

आयोजकले दिएको जानकारी अनुसार, प्रतियोगिताको पहिलो खेलमा नेपाल राष्ट्र बैंक विशाल गोल अन्तरले विजयी भएको छ । राष्ट्र बैंकले गण्डकी बिकास बैंकलाई ६–१ गोल अन्तरले हराएको हो । उक्त खेलको म्यान अफ दि म्याच नेपाल राष्ट्र बैंकका सुभचन्द्र राई भएका थिए ।
त्यसैगरी कुमारी र सानिमा बैक बिच दोस्रो खेलमा कुमारी बैंक विजयी भएको छ ।

कुमारी बैंकले २–१ ले नतिजा आफ्नो पक्षमा पारेको हो । तेस्रो खेल लक्ष्मी बैंक र राष्ट्रिय वाणिज्य बैंक बिच भएको थियो । जसमा लक्ष्मी ४–२ गोल अन्तरले विजयी भएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया