आठौंले उत्साहित खजुरा

वैशाख आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५÷०७६ ले खजुरा उत्साहित बनेको छ । खजुरा गाउँपालिकामा आठौंका ४ वटा खेल संचालन भए भने शुक्र भलिबल स्टेडियम बन्नुका साथै खेलकुद संचालन भएका विद्यालयमा पनि केही बजेट प¥यो ।


खुजराको ज्ञानोदय नमूना माविमा महिला पुरुष बक्सिङ, डि गाउँस्थित शान्ति आधारभूत विद्यालयको खेलमैदानमा लिग चरणको फुटबल, शुक्र भलिबल स्टेडियममा भलिबल पुरुष, महिला र शुक्र माविमा हक्की महिला सम्पन्न भएको छ । प्रतियोगितालाई भब्य र सभ्य बनाउन स्थानीय सरकार प्रमुख किस्मतकुमार कक्षपतिको संयोजकत्वमा १५१ सदस्यीय समन्वय तथा सहयोग समिति निर्माण गरिएको थियो । समितिले स्थानीयस्तरमा अन्य उपसमिति निर्माण गर्दै सम्पूर्ण खजुराबासीको साथ सहयोगबाट चुस्त व्यवस्थापनमा खेलहरु सम्पन्न भए ।


८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताका ४ खेल संचालन गर्न पाउँदा खजुराले निकै गर्वान्वित महशुष गरेको र दर्शकले उत्साहजनक सहभागिता जनाएर खेलाडीको हौसला थपेका छन् । खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपति खजुरालाई खेलकुदको हब बनाउने लक्ष्यका साथ अगाडि बढेको खजुरा गाउँपालिकामा राष्ट्रिय खेलकुद प्रतियोगिताले थप मद्दत पुगेको बताउँछन् । उनले खजुरा–२ मा निर्माणधीन अवस्थामा रहेको शुक्र भलिबल स्टेडियमको पूर्णताका लागि आफुे राखेपका सदस्य सचिव केशवकुमार विष्टसंग आग्रह गरेको बताउँदै खजुरा–४ डि गाउँमा फुटबल खेलमैदानका लागि गाउँपालिकाबाट ४५ लाख छुट्याएर काम अगाडि बढेको जानकारी दिए ।


मिसन आठौंका लागि शुक्र माविमा अन्डर–१९ राष्ट्रिय एथलेटिक्स, मेयर रनिङ शिल्ड, फुटबल, भलिबलजस्ता प्रतियोगिता समेत संचालन गरेको बताए । खजुरा क्षेत्रमा भएका खेल संरचनाको जिम्मेवारी स्थानीय सरकारले लिने भन्दै उनले थप बजेट विनियोजन गर्दै सम्बद्ध सबै निकायलाई खजुरामा विशेषगरी खेल क्षेत्रमा लगानी बढाउन आग्रह गरे । स्थानीय राजनीतिक दल, शिक्षक, बुद्धिजीवी, खेलप्रेमी, क्लवहरु तथा आम खजुराबासीले आठौंलाई उत्साहित ढंगले लिएको यहाँ सम्पन्न भएका खेलकुद प्रतियोगिताले मात्र जनाउँदैन अन्य ठाउँमा दर्शकविहीन अवस्थामा खेलाडी खेलिरहेका समाचार प्रकाशमा आइरहँदा खजुरामा भने सबै खेल स्थलमा दर्शक भरिभराउ देखिन्थे । जसले गर्दा खेलाडीले पनि उत्साहित बनेको प्रतिक्रिया दिएका छन् ।


खेल नेतृत्व राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार बिष्ट र क्षेत्रीय खेलकुद विकास समिति प्रदेश नं. ५ का अध्यक्ष भीम वलीले राष्ट्रिय विभूतिका रुपमा रहेका खेलाडीको भावनाको सम्मान गर्न खजुराबासीलाई आग्रह गरेजस्तै खजुराले खेलाडीको साथ दिएको थियो । भलिबल खेल संचालन भइरहेका बेला भेटिएका स्थानीयबासी समेत रहेका नेकपा प्रदेश नं. ५ का सचिवालय सदस्य डम्बर विक तुफान आफ्नो ठाउँमा बनेको भौतिक संरचनामा राष्ट्रियस्तरको प्रतियोगिताले ठाउँलाई चिनाएको भन्दै आफुलाई भलिबलमा रुची भएकाले पनि हेर्न आएको बताए् । अर्का एक दर्शक खजुराका डिल्ली रेग्मी पनि त्यही भेटिए उनीसंग कुरा गर्दा खेलाडीलाई हौसला प्रदान गर्न आफु खेल शुरु भएदेखि नै हेर्न आइरहेको जनाए ।


खजुरामा ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताका विभिन्न खेल शान्त र सभ्य ढंगबाट सम्पन्न भइरहँदा र दर्शकको अपार माया पाउँदा खेलाडी उत्साहित भएर खेलेका छन् । प्रदेश नं. ५ का भलिबल टीम क्याप्टेन लोकेन्द्र भण्डारी हजारौं दर्शकका माझ नयाँ बनेको स्टेडियममा खेलाउँदा पनि खेलाडीका लागि खुशी कै कुरा भएको बताउँछन् । त्रिभुवन आर्मी क्लवका टीम क्याप्टेन हरि हजुर थापाले खजुराबासीले खेलाडीको साथ दिन उत्साहित भएको बताए ।


आठौंले नयाँ पुस्तामा खेलप्रति अझै रुची पैदा हुने देखिन्छ । नेपालगन्जमा हुने प्रधानमन्त्री कपमा सबैभन्दा बढी दर्शक खजुरा क्षेत्रबाट आउने गरेका थिए । भलिबललाई माया गर्ने दर्शक भएका कारण राखेपले करीब सवा २ करोडको लागतमा खुल्ला भलिबल स्टडियम निर्माण गरेको हो । खेल भइरहेको वडा खजुरा गाउँपालिका–२ का वडाध्यक्ष देविलाल खनाल आठौं राष्ट्रिय प्रतियोगिता अन्तरगत भलिबल र हक्की महिला भएकोमा गर्व महशुष गर्दै उक्त प्रतियोगितालाई भब्य र शब्यरुपमा सम्पन गर्न कुनै कसुर बाँकी नराखेको बताए । खजुरा–४ जहाँ फुटबल खेलमैदानको लागि मात्र चर्चित छैन न्यू डाँफे क्लवले बेलाबेलामा फुटबल प्रतियोगिता संचालन गरिहन्छ ।


खजुरा–४ का वडाध्यक्ष तथा न्यू डाँफे क्लवका अध्यक्ष तिलकवीर सुनार आठौंले अझै उत्साहित बनाएको बताउँछन् । लिग चरणका फुटबल खेल सबैको सहकार्यमा सफलतापूर्वक सम्पन्न गरेको र यसअघि पनि नेपालगन्ज गोल्डकप डि गाउँकै खेलमैदानमा भएको उनले बताए ।
यसरी खजुराबासीले स्थानीय सरकारको नेतृत्वमा राष्ट्रिय खेलकुद प्रतियोगिताका ४ इभेन्ट सम्पन्न गर्न पु¥याएको योगदानको राखेपले उच्च मूल्यांकन गरेको छ । खजुरालाई खेलकुदको हब बनाउने सवालमा आठौं कोशेढुंगा सावित भएको खजुराबासीको ठम्याई छ । ज्ञानोदयन नमूना माविका प्रधानध्यापक ऋषिराम सापकोटा खजुराको समृद्धिमा आठौंले अझ टेवा पुग्ने विश्वास गरिएको बताउँछन् । प्रदेश नं. ५ का अध्यक्ष भीम वली आठौंका साथै ग्रामीण खेलकुद विकासका लागि पनि खजुराका थुप्रै विद्यालयमा सहयोग गरिएको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया