आठौंले पुर्यायो गाउँसम्म खेलको माहोल

साँझपख प्रायः सुनसान रहने नेपालगन्ज गौघाट सडक खण्ड साँझको सात बजेपनि चकमन्न थियो । नेपालगन्ज देखि ९ किलोमिटर पर रहेको रिमझिम चोक साँझको सात बजे पनि चहलपहल थियो । गाडी मोटर साइकल कुदिरहेका थिए । बाटो बाटोमा ब्यानरहरु झुण्डाइएका थिए । नेपालगन्ज देखि पाँच किलोमिटर पर पुग्दा सिगाउ चोकमा आठौं खलकुलको स्वागतका ब्यानर भुण्डिएका थिए । त्यसको अलि पर पुग्दा बाटा भरी खेलाडी र दर्शकको स्वागतका लागि ब्यानरहरु टाँगिएका थिए । जहाँ आठौ राष्ट्रिय भलिबलको प्रतियोगिता चलिहेको थियो । जसको सबैभन्दा आकर्षण दर्शक थिए । मैदानमा बनाइएका प्याराफिटहरु दर्शकले खचाखच थिए । के युवा के प्रौढ के दुरी । सबैलाइ खेलले छोएको छ ।


हातमा एक बर्षको बालक बोकेर खजुरा २ की सिर्जना मगर भलिबल प्रतियोगिता हेर्न आइपुगेकी थिइन् । महिला भलिबल भएको थाहा पाएर उनी खेल मैदानमा पुगिन् । भलिबल निकै मन पर्छ । त्यसैले हेर्न आएको,’ उनले भनिन् । उनी संगै खजुरा २ की यमुना खत्री २ किलोमिटर हिडेर खेल मैदान पुगेकी थिइन् । उनले भनिन्, ‘आप्mनै गाउँमा भएको खेल पनि नहेरी कसरी बस्नु । आफु त खेलाडी बन्न सकिएन । हेरेर चित्त बुझाउछु ।’


उनीहरु मात्र होइन ६५ बर्षीया अमृता थापा पनि नातीनीहरुको साथ लागेर खेल मैदान पुगिन् । अहिले त गाउँमा रमाइलो छाएको छ । उनले यतिका खेलाडी एकै साथ देखेको पहिलो पटक भएको सुनाइन् ।


खेल हेर्न के गाउँ सितापुर गौघाट एलगाउँ गुराँशपुर सैनिक नयाबस्तीका दर्शकहरुको घुइँचो छ । सहरमा भन्दा गाउँमा नै दर्शक बढी देखिएको नेपाल भलिबल संघका केन्द्रीय सदस्य भरत शाह । बताउँछन् । दर्शक थेग्न नसकिने छन् । ‘दर्शकले खेलाडीमा समेत उत्साह थपिएको छ,’ उनले भने, ‘हामी मात्र होइन दर्शक देखेर खेलाडी समेत अचम्ममा छन् ।’


चौथो राष्ट्रिय खेलकुद आफ्नै नगरीमा आयोजना गरेको नेपालगन्जले खेलकुदको स्तरमा भन्दा पनि भौतिक पूर्वाधार संगै आफनै गाउँमा प्रतियोगिता गराउने अवसर पाएको छ । खेलाडीका लागि पहिलो उर्जा नै दर्शक हुन् । एपीएफकी सरस्वती चौधरीले भनिन्, ‘दर्शकको उत्साहले अझै बढी राम्रो खेल्ने जिम्मेवारी थपिदिन्छ ।’


उनी मात्र होइन नेपाल प्रहरीकी कोपिला उप्रेती सुरुमा खेलमैदान पुग्दा अचम्म परिन् । जब छेउछाउमा महिला दर्शकहरु देखिन् । ‘प्रायः खेलकुदमा महिला दर्शक कमै हुन्छन्,’ उनले भनिन्, ‘तर यहाँ त महिलाको संख्या बढी पाइयो ।’


२०३८ सालदेखि सुरु भएको राष्ट्रिय खेलकुद हरेक २/२ बर्षमा आयोजना गर्ने भनिए पनि समय–परिस्थिति, भौतिक पूर्वाधार, देशको सुरक्षा ब्यवस्था जस्ता अनेकौं बाधा झेलेर राष्ट्रिय खेलकुदले आफ्नो आठौं संस्करणको महाकुम्भ नेपालगन्जमा गरिरहेको छ ।


खेलहरु प्राय महेन्द्र रंगशालाले हरेक जिल्लास्तरिय, क्लबस्तरीय तथा स्कुलस्तरिय प्रतियोगितामा हुन्थ्यो । तर, आठौको माहोल गाउँसम्म पुगेको छ । गाउँमा समेत खेलकुद चासो बढेको छ । ‘यतिका भौतिक पूर्वाधार हामीले पाएका छौँ । हाम्रो आँगनमै यति भौतिक संरचना बनिरहेको छ । यो नै खुशीको कुरा हो,’ खजुरा गाउँपालिकाका महेश थापाले भने, ‘आठौंले हाम्रो गाउँलाई दिएको उपहारको हामीले नै सही सदुपयोग गर्नुपर्छ । हामीले नै संरक्षण गर्नुपर्छ,’ उनले भने । भलिबल प्रशिक्षक लालबहादुर मल्लले भने, ‘यो हाम्रो लागि खुशीको कुरा हो । यसले पुष्टी गर्छ । खेलको क्रेज सहरमा भन्दा गाउँमा बढी छ ।’

प्रतिक्रिया

प्रतिक्रिया