२२ वर्षअघि नेपालगन्जमा आयोजित चौथो राष्ट्रिय खेलकुदबाट राष्ट्रिय खेलकुदमा सहभागिता जनाएको विभागीय टोली नेपाल सेना दुई दशक पछि नेपालगन्जमै आयोजित आठौं राष्ट्रिय खेलकुदमा आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेको छ ।
चौथो राष्ट्रिय खेलकुदमा पदक तालिकामा २९ स्वर्ण सहित कुल ७८ पदक प्राप्त गर्दै दोस्रो स्थानमा आएको थियो नेपाली सेना पुर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदमा १०८ स्वर्ण सहित कुल २१२ पदक जितेर अंक तालिकाको शीर्ष स्थानमा उक्लियो । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब आठौंमा सोही इतिहास दोहो¥याउने दौडमा देखिएको छ ।
३७२ स्वर्ण, ३७२ रजत र ५६३ कांस्यका भिडन्त भैरहेको आठौंमा बिहीवारसम्मको नतिजा हेर्दा नेपाली सेना अर्थात् त्रिभुवन आर्मी क्लब अगाडी रहेको छ । त्रिभुवन आर्मी क्लबले ३४ स्वर्ण, २७ रजत र २४ कास्य सहित कुल ८५ पदक जितेर अंक तालिकाको पहिलो स्थानमा रहँदा आयोजक प्रदेश पाँच भने ४ स्वर्ण, ८ रजत र २१ काँस्यसहित ३३ पदकका साथ अन्तिमबाट तेस्रो स्थानमा रहेको छ ।
यस्तै, दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले १९ स्वर्ण, १७ रजत र १७ कास्य पदकसहित कुल ५३ पदक जितेको छ । सशत्र प्रहरीको एपीएफ क्लबले १५ स्वर्ण, १२ रजत र २३ कास्यसहित कुल ५० पदक जितेर तेस्रो स्थानमा रहेको छ ।
प्रदेश ३ ले ७ स्वर्ण, १३ रजत र ३२ कास्य पदक गरी ५२ पदक हात पारेको छ । सुदुरपश्चिम प्रदेशले ६ स्वर्ण,६ रजत र ११ कास्यसहित कुल २२ पदक जित्दा प्रदेश २ ले ६ स्वर्ण, ६ रजत र ५ काँस्यसहित १७ पदक जितेको छ ।
प्रदेश १ ले ३ स्वर्ण , ५ रजत र २५ कास्यसहित कुल ३३ पदक र कर्णाली प्रदेशले २ स्वर्ण,१ रजत र २ कास्यसहित कुल ५ पदक सहित क्रमश पुछारमा आएका छन् ।
आठौंको औपचारिक उद्घाटन बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले गरेपनि खेलहरु भने चैत २७ बाट नै सुरु भइसकेको थियो ।
३५ खेल समावेश आठौं राष्ट्रिय खेलकुदमा २८२५ पुरुष तथा २३८६ महिला गरी जम्मा ५२ सय ११ खेलाडी सहभागी हुने छन् भने यसपटक सातै प्रदेश, तीन विभागीय टोली र पहिलोपटक एनआरएनएको समेत सहभागिता रहेको छ ।