हक्कीमा प्रदेश ५ ले हरायो कर्णालीलाई

८औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको हक्की प्रतियोगितामा प्रदेश ५ ले कर्णाली प्रदेशलाई शून्यका विरुद्ध ७ गोलले जितेको छ ।

 
नेपालगन्जको मंगलप्रसाद माविको मैदानमा शुक्रबारको भएको प्रतियोगितामा प्रदेश ५ का जर्सी नं. २६ का अमन कुमारले २०औं मिनेटमा पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । जर्सी नं. १४ का सलमान शेखले २७ औ र ३३ औ मिनेटमा दुई गरेका थिए । जर्सी नं. २२ का मनिष गुङ्गले ४१ औं र ४८ औं मिनेटमा दुई गोल गरे भने जर्सी नं. १९ का सानु लामा र १८ नं. जर्सीका रविकान्तले क्रमशः एक एक गोल गरी प्रदेश नं. ५ लाई ७ – ० को अन्तरले जित दिलाएका थिए । 

 


यसअघि गण्डकी प्रदेश र प्रदेश २ बराबर भएका थिए । प्रतियोगितामा गण्डकीका राजन नेपालीले ३९औं मिनेटमा पहिलो गोल गरेका थिए । ५१औं मिनेटमा प्रदेश २ का अर्जुन खड्काले गोल गरेपछि खेल बराबरीमा टुंगिएको थियो ।
शुक्रबार नै भएको अर्को खेलमा नेपाल पुलिस क्लबले प्रदेश ३ लाई शून्यका विरुद्ध ३ गोलले विजयी भएको थियो । पुलिसका रोमन रानाले ६औं र ५०औं मिनेटमा गोल गरेका थिए । १४औं मिनेटमा प्रहरीका राजेन्द्र काकीले गोल गरेको हक्कीका मुख्य प्रशिक्षक विजयन्त शर्मा पिन्टुले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया