रंगशालामा रमाए विद्यार्थी

आगामी वैशाख ५ देखि ११ सम्म औपचारिक रुपमा आयोजना हुने लागेको आठौं राष्ट्रिय खेलकुदका लागि नेपालगन्ज रंगशालामा निर्माण भएका भौतिक पूर्वाधार विद्यार्थीहरुले अवलोकन गरेका छन् । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्माण भएका भौतिक पूर्वाधारको स्कुले विद्यार्थीले अवलोकन गरेका हुन् ।

 
नेपालगन्जमा रंगशालामा निर्मार्णाधिन रंगशाला आकर्षक बन्दै गएको चर्चाका बीच विद्यार्थीहरु रंगशाला पुगेर भौतिक संरचना नियालेका हुन् । उनीहरु रंगशालामा रमाएका थिए । बार्षिक परीक्षा सकिएकोले थप सिकाईका तल्लो कक्षाका विद्यार्थीलाई नेपालगन्ज रंगशालामा निर्माण भएको फिल्ड एण्ड ट्रयाक, भिआइपी प्यारापिट, कवर्ड हल, स्विमिङ पुल, ब्यूटीयार्द, भारोत्तोलन, सुटिङ एकेडेमी लगायत संरचनाको अवलोकन गराएको अरुणोदय मावि, खजुराका प्रिन्सिपल ऋषिकेश जिशीले बताए ।

 
प्रतियोगिता संचालन भएको बेला विद्यार्थीले भौतिक पूर्वाधार र खेल मैदानको अवलोकन गर्न नपाउने भएकोले प्रयोगात्मक ज्ञान दिनका लागि नेपालगन्ज रंगशालाको अवलोकन गराएको उननको भनाई छ । एक दिनअघि अवलोकन गरेर फर्किएका शिक्षकले अवलोकन गर्न लायक भएको बताएपछि विद्यार्थीलाई पनि अवलोकन गराएको उनले बताए ।
अवलोकन गर्न आएका विद्यार्थीले रंगशाला अति सुन्दर देखिएको र रंगशालामा रोमिएको दुवो, भिआइपी प्यारापिट, फिल्ड एण्ड ट्रयाक देखेर रमाएको प्रतिक्रिया दिए । अवलोकनका लागि अरुणोदय माविका झण्डै एक सय ५० विद्यार्थी अवलोकनका लागि नेपालगन्ज रंगशाला आएका थिए ।

 

कवड्डीले प्रचार गर्ने
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचार प्रसार नेपाल कवड्डी संघले गर्ने भएको छ । प्रतियोगितामा जनसभागिता गराउन संघले जिल्लाभर प्रचार प्रसार गर्ने भएको हो ।

 
प्रतियोगिता हुनुभन्दा दुई दिन अघि संघले बाँके जिल्लाको विभिन्न स्थानमा आठौँ राष्ट्रिय प्रतियोगिताको जानकारी सहितको माइकिङ गर्ने संघका अध्यक्ष डम्बर थापाले जानकारी दिए । उनले कोहलपुर, बनकटवा, कुसुम, कम्दी, खजुरा, बेतहनी, फत्तेपुर, राँझा लगायत स्थानमा माइकिङमार्फत प्रचार प्रसार गरिने बताए ।
मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीसँग भएको छलफलमा संघले आठौँको प्रचार प्रसारका लागि माइकिङ गर्ने सहमति भएको संघका अध्यक्ष थापाले बताए । ‘प्रतियोगितालाई सफल बनाउने दायित्व सरकारको मात्र हाम्रो पनि हो, प्रतियोगितालाई सफल बनाउन हाम्रो पनि सहयोग हुनुपर्छ भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने ।
छलफलमा क्षेत्रीय अध्यक्ष ओलीले प्रतियोगितालाई सफल बनाउन गाउँ–गाउँबाट, बस्ती–बस्तीबाट उठ्नु पर्ने बताए । ‘यो हामी सवैको साझा कार्यक्रम हो, यसमा सिंगो बाँकेबासीको इज्जत जोडिएको छ,’ उनले भने ।

प्रतिक्रिया

प्रतिक्रिया