यस्तो छ, आठौंको खेल तालिका, चैत्रमै प्रतियोगिता

[gview file=”http://www.nepalgunjnews.com/wp-content/uploads/2019/03/National-Venue-2075-2.pdf”]

अन्ततः चैत्र २७ गतेबाटै बृहत आठौं राष्ट्रिय खेलकुद अन्तर्गतका प्रतियोगिताहरु आयोजना हुने भएका छन् । शनिबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशव कुमार विष्टले राजधानी काठमाठौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिता बैशाख ५ गते उद्घाटन हुने भएपनि ३५ मध्ये कतिपय खेलहरु चैत २७ गतेदेखि सुरु हुने तालिका सार्वजनिक गरेका हुन् ।

 
३५ स्पर्धामा ५ हजार २ सय ११ खेलाडीले प्रतिस्पर्धा गर्ने आठौंको बाँकी तयारी पुरा गर्न सदस्य सचिव विष्ट शनिवारनै नेपालगन्ज आइपुगेका छन् । ‘राष्ट्रिय खेलकुद् परिषद् (राखेप) सदस्य सचिव केशब कुमार बिष्टले २५ गते भित्र नै सबै तयारी पुरा गर्ने गरि फिल्डमैं आवश्यक निर्देशन दिनु भएको छ,’ आठौं राष्ट्रिय खेलकुदका प्रचार संयोजक रोहित दाहालले दैनिक नेपालगन्जसँग भने, चैत्र २७ गतेदेखिनै स्पर्धाहरु सुरु हुनेछन् ।’

 
शुक्रबार बसेको राखेप बोर्ड बैठकले प्रतियोगिता बैशाख ५ गते उद्घाटन गर्ने र ११ गते समापन गर्ने निर्णय गरेको थियो । त्यस्तै, बैठकले कतिपय खेललाई २०७५ सालमा शुरु गर्ने निर्णय पनि गरेको थियो । त्यही निणर्यलाई टेकेर शनिवार सार्वजनिक गरिएको तालिका अनुसार ५ खेल चैत २७ गतेदेखि सुरु हुनेछन् । जसमा ब्याडमिन्टन, बास्केटबल (पुरुष), हक्की (पुरुष), स्क्वास (पुरुष, महिला) र प्याराग्लाइडिङ रहेका छन् । सदस्य सचिव विष्टले आयोजनाको समुदघाटन्नै चैत्र २७ गते गर्ने गरि तयारी गरेपनि नेपालगन्जस्थित रंगशाला लगायतका पूर्वाधारलाई कारण देखाउँदै एकसाता पर धकेलिएको छ । यसले विद्यार्थीहरुलाई पार्न सक्ने नकारात्मक प्रभाव रोक्न पहिलेनै प्रतिष्पर्धा गर्न लागिएको बताइएको छ ।

 
गत मंसिरमैं गर्ने घोषणा भएको आठौं राष्ट्रिय खेलकुद पूर्वाधारका कारण पछि सर्दै बैशाखसम्म आइपुगेको हो । विभिन्न ठाउँमा नेपालगन्जजस्तो गर्मीमा खेलाडीलाई खेल्न भने निकै कठिनाइ हुने भन्दै टिप्पणी गर्न थालिएपछि राखेप सदस्य सचिव बिष्टले २५ डिग्री भन्दा बढी तापक्रम भएको खण्डमा खेल नखेलाउने घोषणा पनि गरेका छन् । उनले दिउँसो हुने खेलबाहेक अन्य खेलहरुलाई बिहान र बेलुकी सिफ्ट अनुसार खेलाउने पत्रकार सम्मेलनमा बताए । ‘हामीले मौसमलाई त रोक्न सक्दैनौं,’ विष्टले पत्रकारसँग भने, ‘त्यसो भएकाले हामीले समय व्यवस्थापन गरेका छौं । गर्मी भएपनि बिहान १० बजेसम्म र बेलुका ४ बजेपछि खेलहरु खेलाइनेछ । तर, दिउँसो हुने फुटबल, क्रिकेट लगायतका खेलबाहेक अन्य खेललाई बिहान बेलुका तापक्रम हेरी दुई सिफ्टमा खेलाउने योजना छ ।’

 
यस पटक इतिहासकै सबैभन्दा बढी खेलाडी र टिम सहभागिताको प्रतियोगितामा ७ प्रदेश, तीन विभागीय टिम त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब र एक एनआरएनएका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
आठौंमा सहभागी खेल

भलिबल, फुटबल, क्रिकेट, बक्सिङ, तेक्वान्दो, टेबल टेनिस, उसु, जुडो, ह्याडबल, कराँते, हकी, सुटिङ, जिम्न्याष्टिक, साईकिलिङ, आर्चरी, फेन्सिङ, पौडी, ट्रायथलन, एथ्लेटिक्स, फुल कन्ट्याक्ट कराँते, ब्याटमिन्टन, बास्केटबल, आईटीएफ तेक्वान्दो, शारीरिक सुगठन, सफ्ट टेनिस, खोखो, सेपाकताक्रो, स्क्वास, प्याराग्याईडिङ, लन टेनिस, कबड्डी, बुद्विचाल, गल्फ र कुस्ती
बाँकेमा सबैभन्दा बढी खेल

प्रदेश नम्बर ५ मा आयोजना आगामी वैशाख ५ गतेदेखि हुने आठौँ राष्टिय खेलकूद प्रतियोगिताको धरैजसो खेल बाँकेमा हुने भएको छ ।शुक्रबार आठौँ राष्टिय खेलकूदको मिति घोषणा भएसँगै राष्ट्रिय खेलकूद परिषद्ले आज जारी गरेको खेलतालिका अनुसार बाँकेमा १७ वटा खेल हुनेछ । त्यसैगरी दाङमा सात, रुपन्देहीमा चार, बर्दियामा चार, ललितपुर, कास्की, कपिलवस्तु र काठमाडौँमा एक÷एक खेल आयोजना गरिनेछ ।

बाँके— फुटबल पुरुष, बक्सिङ, भारत्तोलन, भलिबल, टेबल टेनिस, उसु, जुडो, ह्यान्डबल, फुलकन्ट्याक्ट कराँते, हक्की, सुटिङ, जिम्न्याटिक, क्रिकेट पुरुष, साइक्लिङ, आर्चरी, फेन्सिङ, पौडी, ट्रायथलन
दाङ — एथलेटिक्स, फुटबल (महिला), कराते, ब्याडमिन्टन, बास्केटबल, आरटीएफ तेक्वान्दो, क्रिकेट (महिला),
रुपन्देही— तेक्वान्दो, सफ्ट टेनिस, शारिरिक सुगठन, क्रिकेट (पुरुष)
बर्दिया— कबड्डी, बुद्धीचाल, सेपाकताक्रो र खो खो
कपिलवस्तु —कुस्ती
ललितपुर—स्क्वास
काठमाडौं —गल्फ
कास्की—प्याराग्लाइडिङ

३५ खेलमा ३ सय ७२ स्वर्ण, ३ सय ७२ रजत र ५सय ६३ काँस्य पदकका लागि ५ हजार २ सय ११ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । त्यसमध्ये २८ सय २५ पुरुष र २३ सय ८६ महिला खेलाडीहरु रहँदा ६ सय ४० जना प्रशिक्षक र ४ सय ६१ जना टिम व्यवस्थापक रहनेछन् ।

 
पुरस्कारतर्फ व्यक्तिगत स्पर्धाको विजेताले नगद पुरस्कार १५ हजार प्राप्त गर्नेछ । त्यस्तै, यसअघिको किर्तिमानी भङ्ग गर्ने खेलाडीले २५ हजार पुरस्कार प्राप्त गर्नेछन् । राखेपले आठौं खेलकुदका लागि सम्पूर्ण खेल सामाग्रीको व्यवस्था भइसकेको जनाकारी दिएको छ । ‘सबै मेडल, प्रमाणपत्र, ट्रफी तयार भएर आइसकेका छन्,’ सदस्य सचिव विष्टले भने ।
यसैबीच, राखेप सदस्य सचिव केशव कुमार विष्टले शनिवारनै प्रेस विज्ञप्ति जारी गरि आठौं राष्ट्रिय खेलकुदमा सहभागी हुने सम्पूर्ण खेलाडी, प्रशिक्षकलगायत सम्पूर्ण सरोकारवालालाई आठौं राष्ट्रिय खेलकुदलाई उपलब्धीमुलक ढंगले सफल पार्नका लागि तयारीमा जुट्न आव्हान गरेका छन् । आठौं राष्ट्रिय खेलकुदको उद्घाटन र समापन बाँकेको नेपालगन्ज रंगशालामा एक भब्य समारोहबीच हुने घोषणा पनि राखेपले गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया