बाँकेमा ‘गल्र्स क्रिकेट टीम’ तयार गरिंदै

नेपालमैं पहिलो महिला क्रिकेट टीम तयार गरेको बाँके जिल्ला क्रिकेट संघले नयाँ महिला क्रिकेट टोली तयार गर्ने अभियान सुरु गरेको छ । संघका अध्यक्ष दुर्ग बहादुर थापाका अनुसार, विभिन्न चरणबाट अभियानलाई अगाडी बढाइएको हो ।

 
जिल्लाका विभिन्न विद्यालयहरुबाट विद्यार्थीहरुलाई प्रशिक्षणमा सहभागी गराएर पहिलो चरणको काम सुरु भइसकेको छ । ‘कोहलपुर क्षेत्रका १ सय विद्यार्थी बालिकाहरुबाट ५० जना छनोट गरिसकिएको छ,’ गत साता कोहलपुरमा छात्रा क्रिकेट प्रशिक्षण गरिएको जानकारी दिंदै अध्यक्ष थापाले दैनिक नेपालगन्ज सँग भने, ‘अब नेपालगन्ज र पछि खजुरा क्षेत्रबाट छात्रा टीम छनोट गरिनेछ ।’

 
बाँके जिल्ला क्रिकेट संघले आज विहीवारबाट नेपालगन्ज क्षेत्रका ३ सय बढी छात्राहरुलाई क्रिकेटको आधारभूत प्रशिक्षणमा सहभागी गराउँदैछ । संघका अध्यक्ष थापाका अनुसार, विभन्न १५ वटा विद्यालयका ३ सय बढी विद्यार्थीलाई विभिन्न तीन ठाउँमा राखेर ५ दिन सम्म प्रशिक्षण दिइनेछ । ‘उनीहरुबाट ५० जना छनोट हुनेछन्,’ खजुरा क्षेत्रबाट पनि छनोटमा पर्ने एउटा टीम गरि ५ वटा नयाँ ‘गल्र्स टीम’ देशकै नमूनाका रुपमा मैदानमा आउने अपेक्षा गर्दै अध्यक्ष थापाले भने । उनीहरुबीच जिल्ला स्तरीय प्रतियोगिता गरिने र एउटा सशक्त ‘गल्र्स टीम’ तयार हुने योजना संघको छ ।

प्रतिक्रिया

प्रतिक्रिया