इशाका कप गुराँश र अरुणोदयलाई

खजुरामा आयोजित इशाका कप रनिङ शिल्ड प्रतियोगिताको उपाधी मावि तर्फ गुराँश मावि र आधारभूत तर्फ अरुणोदय माविले हात पारेका छन् । शुक्र माबिको खेल मैदानमा शनिबार आयोजित प्रतियोगिता समापन कार्यक्रममा मावि तर्फको प्रथम गुराँस चाइल्डहुड एकेडेमी, दोस्रो अरुणोदय मावि र तेस्रो धु्रवतारा बिद्या मन्दिरलाई पुरस्कार तर्फ प्रमाणपत्र वितरण गरिएको थियो ।

 
त्यस्तै, आधारभूत तर्फ उपाधी जित्दै अरुणोदय स्कुल प्रथम, जेनिथ बोर्डिङ दोस्रो र प्रिफर एकेडमी तृतीय भएका थिए । उनीहरुलाई पनि पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

 
इशाका अध्यक्ष सतिश निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा विजयी विद्यालय तथा विद्यार्थीहरुलाई खजुरा गाउँ पालिका वडा नं. २ का अध्यक्ष देबिलाल खनालले बिजेताहरुलाइ शिल्ड तथा मेडल एवं प्रमाणपत्र वितरण गरेका थिए ।

 
कार्यक्रम समापन गर्दै इशाका अध्यक्ष सतिश निरौलाले आगामी बर्ष चौथो संस्करण थप भव्य रुपमा आयोजना गर्ने घोषणा गरेका थिए । प्रतियोगितामा १५ विद्यालयका ५ सय बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया