आठौं तयारी हेर्न नेपालगन्ज आइपुग्यो संसदीय टोली

आठौं राष्ट्रिय खेलकुदको तयारीबारे स्थलगत अध्ययन गर्न संसदीय समितिको विशेष टोली बिहीबार नेपालगन्ज आइपुगेको छ । सरकारको नीतितथा कार्यक्रममै विशेष प्राथमिकतामा परेको आठौंको आयोजनाबारे अन्योलपूर्ण समाचारहरु प्रकाशमा आएपछि अनुगमनका लागि संसदीय टोली नेपालगन्ज आइपुगेको हो ।


संसदको शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद संसदीय समितिका सभापति जयपुरी घर्तीको नेतृत्वमा विशेष टोली नेपालगन्ज आइपुगेको क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले जानकारी दिए । ‘संसदीय टोलीले राखेपका सदस्य सचिव केशव कुमार विष्ट सहित निर्माणमा सक्रिय क्षेत्रीय समिति पदाधिकारीहरुसँग प्रारम्भिक छलफल गरिसकेको छ’, अध्यक्ष ओलीले दैनिक नेपालगन्जसँग भने, ‘संसदीय यो विशेष टोलीको आगमनले पनि आठौंलाई समयमै आयोजना गर्नुपर्छ भन्ने कुरामा राज्य गम्भीर छ भन्ने कुरा प्रष्ट पारेको छ ।’

 
संसदीय समिति भित्रको युवा तथा खेलकुद संसदीय उपसमितिका संयोजक जीवन राम श्रेष्ठ, सदस्यहरु सुरेश राई, गजेन्द्र महत, रेखा कुमारी झा र उपसमितिका सदस्य सचिव जीवराज बुढाथोकी सम्मिलित छन् । ‘समितिले सबैको कुराको अध्ययनपछि दिने प्रतिवेदनका आधारमा सरकारले थप निर्णय गर्न सक्छ’, स्रोतले भन्यो ।

प्रतिक्रिया

प्रतिक्रिया