‘प्रतियोगितालाई कुनै अभाव हुन दिंदैनौं’

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिमिल्सिनाले आठौं राष्ट्रिय खेलकुद निर्धारित समयमै आयोजना गर्न परिषद्ले कुनै अभाव हुन नदिने बताएका छन् । बुधबार नेपालगन्जमा नवनियुक्त भएर आएपछि क्षेत्रीय खेलकुद विकास समितिले आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा उपाध्यक्ष तिमिल्सिनाले प्रतियोगिताका लागि कुनै पनि किसिमको आर्थिक र भौतिक अभाव हुन नदिने प्रतिबद्धता जनाएका हुन् ।
उपाध्यक्ष तिमिल्सिनाले काठमाडौं फर्के लगत्तै प्रतियोगिताको मिति तोक्न बारे छलफल गर्ने बताउँदै मिति तोकिएपछि प्रतियोगिता सम्बन्धका आशंका अन्त्य हुने बताए । नेपालगन्जमा हुन लागेको आठौ राष्ट्रिय प्रतियोगिता अन्तरगत निर्माण भइरहेको भौतिक संरचना र तयारीका निरिक्षण गर्न नेपालगन्ज आएका उपाध्यक्ष तिमिल्सेनालाई औपचारिक कार्यक्रममा क्षेत्रीय अध्यक्ष भीम ओलीले उनलाई स्वागत गरेका थिए । त्यसक्रममा अध्यक्ष ओलीले प्रतियोगिताको तयारीको बारेमा लिखित प्रतिवेदन हस्तान्तरणसहित तयारी बारे जानकारी गराएका थिए । अध्यक्ष ओलीले मंसीर महिनासम्म भएको प्रगतिको बारेमा जानकारी दिदैं भौतिक संरचना निर्माणको ७० प्रतिशत काम पुरा भइसकेको बताए ।
त्यसअघि उपाध्यक्ष तिमिल्सेना, राखेप सदस्य बिनोद मैनाली, क्षेत्रीय अध्यक्ष भीम ओली, उपाध्यक्ष नरेन्द्र थापा, नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व केन्द्रीय अध्यक्ष अजय फुँयाल, खेल पत्रकार निरञ्जन अधिकारी लगायतको टोलीले बुधवार नै बर्दिया, बासगढीमा निर्माण भइरहेको खो खो कर्बड हल, बाँकेको कोहलपुरस्थित क्रिकेट मैदान, सितापुर रिमझिम चोकस्थित भलिवल स्टेडियम, नेपालगन्ज रंगशालास्थित सुटिङ रेन्ज, रंगशाला मैदान, स्वीमिङ पुल, कर्बडहलको निरिक्षण अवलोकन गरेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया