नेपालगन्ज मेयर कप साइकल दौड प्रतियोगिताको दोस्रो संस्करणमा बुुद्धि बहादुुर तामाङ्ग प्रथम भएका छन् । उनले ५५ किलोमिटरको दुुरी १ घण्टा ५७ मिनेटमा पार गरेका छन् । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमसेर राणाले प्रतियोगिताको उद्घाटन सिट्टी फुुकेर गरेका थिए ।
नेपालगन्ज नगरपालिकाको सहयोगमा नेपालगन्ज साइक्लिङ क्लवले आयोजना तथा नेपालगन्ज फोटोवाकरर्सको सहकार्यमा भएको साइकल दौड प्रतियोगितामा साधारण र प्रोफेसनल गरी दुई बिधामा प्रतिस्पर्धा भएको थियो । साधारण विधातर्फ २५ किलोमिटर र प्रोफेसनलतर्फ ५५ किलोमिटर साइकल दौड प्रतियोगिता समावेश गरिएको क्लवका सचिव गगन थापाले जानकारी दिएका दिए । साधारण साइकल दौड वीपी चोकबाट सुरु भई कोहलपुर पीपरी चोकबाट फिर्ता भइ पुनः वीपी चौक पुग्ने थियो । साधारण विधातर्फ २५ किलोमिटरमा पुुरुषतर्फ जंगुु थारु प्रथम, जितेन्द्र चौहान दोस्रो र सुुमन चौधरी तेस्रो स्थान भएका थिए । महिलातर्फ पार्वती सार्की प्रथम, सिता सार्की दोस्रो र टिका खड्का तेस्रो भइन् । विजेताहरुलाई क्रमशः २५ हजार, २० हजार र १५ हजार बराबरको साइकल र ट्रफी र प्रमाण पत्र वितरण गरिएको थियो ।
त्यस्तै प्रोफेसनल साइकल दौडतर्फ वीपी चोक–कोहलपुर– च्यामा चोक–सम्झना चोक–खजुरा चोक–धम्बोजी हुँदै वीपी चोकसम्मको रुट तय गरिएको थियो । प्रोफेसनलतर्फ ५५ किलोमिटर साइकल दौड प्रतियोगितामा प्रथम बुद्धि बहादुुर तामाङ्ग, दोस्रो हिक्मत बिक, तेस्रो अविनाशटेक बहादुुर बस्नेत भएका छन । सो प्रतियोगितामा प्रोफेसनलतर्फ प्रथम, द्धितिय र तृतियलाई क्रमशः ३५ हजार, ३० हजार र २५ हजार बराबरको साइकल पुस्कार दिईएको छ । रमेश मल्लका अनुसार साइकल दौडमा १ सय ३१ जना सहभागि भएको जानकारी थिए ।
बिजेताहरुलाई साइकल तथा प्रमाणपत्र वितरण गर्दे नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमसेर राणा, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर, क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष भिम ओली, नेपालगन्ज साइक्लीङ्ग क्लबका अध्यक्ष केशर बहादुुर आलेले नेपालगन्जमा अब साईकल चलाउन सजिलो बाटो बनी सकेकोले सवारी साधानको रुपमा पछिल्लो समयमा साइकल रोजाई बन्दै गएको र यसले गर्दा शारिरीक स्वस्थ र वातावरण स्वच्छ हुुने समेत बताए ।