आठौंका लागि नेपालगन्जमा सचिवालय सञ्चालन

आठौं राष्ट्रिय खेलकुदका लागि आज बुधबारबाट नेपालगन्जमा सचिवालय सञ्चालनमा ल्याइएको छ ।

 
औपचारिक कार्यक्रम बीच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले सचिवालय उद्घाटन गरेका हुन् । ‘सचिवालयसँगै खेलकुदका बाँकी गतिविधिहरुले पनि तिव्रता पाउने छ’, खेलकुद विकास समिति नेपालगन्जका अध्यक्ष भीम ओलीले भने ।

 
मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका नाममा रहेको साविकको नेपालगन्ज स्थित खेलकुद विकास समितिलाई प्रादेशिक संरचनामा काम गर्ने अख्तियारी प्रदान गरि सकिएपनि अब नामाकरण पनि त्यसैगरी गरिने तयारी पनि भैरहेको अध्यक्ष ओलीले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया