नेपालगन्जमा विद्यालय स्तरीय टि–ट्वान्टी हुँदै

नेपालगन्जमा आगामी मंसिर २१ गतेदेखि टि–ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल टाईगर स्पोर्टस् क्लवको आयोजनामा जेएमसी नेपाल टाइगर इन्टर स्कुल टि ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको बिहीबार पत्रकार सम्मेनलको आयोजना गरी जानकारी दिइएको हो ।

 
प्रतियोगितामा जिल्लाका १६ विद्यालयको सहभागिता रहनेछ । प्रतियोगिताको विजेता बिद्यालयले ३० र उप विजेता टिमले १५ हजार प्राप्त गर्ने प्रतियोगिताको संयोजक मो. अव्रारार शेषले जानकारी दिए । प्रतियोगिताको म्यान अफ द म्याच,म्यान अफ द सिरिज,वेष्ट बलर ,वेष्ट ब्याटस्म्यानले आकर्षक पुरष्कारको पाउने आयोजकका सदस्य शिद्धान्तराज शाहीले जाकारी दिए । प्रतियोगिता आयोजना गर्न करिव तीन लाख खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । यस खाले प्रतियोगिताले भविष्यमा खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास लिइएको आयोजकका सदस्य इनामुद्धिन हल्वाइले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया