नेपाल आईटिएफ तेक्वान्दो महासंघ विरेन्द्र बहादुर शाही प्रदेश नं. ५को अध्यक्ष चयन भएका छन् ।
मध्यपश्चिम क्षेत्रीय नेपाल आईटिएफ तेक्वान्दो संघलाई विघठन गरि शनिबार नेपालगन्जमा प्रदेश न ५ को प्रथम नेपाल आईटिएफ तेक्वान्दो महासंघ गठन गरिएको हो । १९ सदस्यीय कार्यसमितिको ४ सदस्य पछि मनोनित हुने गरी महासंघ बनाइएको हो ।
महासंघका केन्द्रीय अध्यक्ष अञ्जन धमालाको विशेष उपस्थितिमा गठित संघको वरिष्ठ उपाध्यक्षमा रितमान कामु मगर, उपाध्यक्षहरुमा गीता क्षेत्री, विक्रम बाठामगर, सचिवमा नवराज खरेल र कोषाध्यक्षमा रञ्जित गिरी रहेका छन् ।
प्रदेश सभा सदस्य एवं ओलम्पियन सुरेन्द्र बहादुर हमाल, नेपालगन्ज उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख उमा थापामगर, नेपालगन्ज उद्योग वाणीज्य संघका अध्यक्ष नन्दलाल वैश्य, महासंघका केन्द्रीय अध्यक्ष धमाला लगायतले बोलेको कार्यक्रममा प्रदेश सभा सदस्य हमाल, पत्रकार शुक्रऋषि चौलागाई र मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीलाई सम्मान पत्रसहित सम्मान गरिएको थियो ।