भीम ओली इन्डोनेसिया तिर

आजबाट हुने एशियाडका लागि राष्ट्रिय टोलीसँगै मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष ओली इन्डोनेसिया प्रस्थान गरेका हुन्

 
मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष भीम ओली १८औं एसियाली खेलकुद (एसियाड)मा नेपाली राष्ट्रिय टोलीसँगै शुक्रबार इन्डोनेसिया प्रस्थान गरेका छन् ।

 
शनिबार सेन्ट्रल जकार्ताको गेलोरा बुङ कार्नो रंगशालामा हुने एसियाडको उद्घाटन समारोहदेखि प्रतियोगिता सञ्चालनसम्मका सिकाईबाट आगामी आठौं राष्ट्रिय खेलकुदका लागि महत्वपूर्ण शिक्षा लिन राष्ट्रिय टोलीमा आफ्नो सहभागिताको अवसर जुटेको अध्यक्ष ओलीले जानकारी दिए । ‘आठौंको तयारीमा काम निरन्तर भैरहेको छ’, ओलीले भने, ‘खेलकुद मन्त्रीदेखि राखेप सदस्य सचिव पनि सँगै हुने भएकाले धेरै कुरा यसक्रममा पनि हुनेछन् ।’

 

 
उद्घाटन समारोहमा नेपालसहित ४५ देशका खेलाडी, प्रशिक्षक, अफिसियल र अतिथि सहभागी हुने जानकारी दिंदै अध्यक्ष ओलीले खेलकुद मन्त्री जगत बहादुर विकको नेतृत्वमा रहेको ८० जनाको टोलीलाई राष्ट्रपति विद्या देवी भण्डारीले बिदाई गरिन् । एशियाडमा नेपालका सेभ द मिसन तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरी राष्ट्रपति भण्डारीले बिदाई गरेकी हुन् । नेपालले २९ खेलमा सहभागिता जनाएको प्रतियोगिता आज शनिबारदेखि १८ भदौंसम्म चल्नेछ ।

प्रतिक्रिया

प्रतिक्रिया