कोहलपुर/समाचारदाता
दैनिक नेपालगन्ज
जनज्योति माविले कोहलपुरमा भएको मावि स्तरीय उपमेयर कप छात्रा क्रिकेट रनिङ शिल्ड प्रतियोगिताको उपाधी हात पारेको छ । आइतबार भएको फाइनल खेलमा त्रिभुवन मावि विरुद्ध रोमाञ्चक जित निकाल्दै जनज्योतिले उपाधी हात पारेको हो ।
गत जेठ २६ गतेदेखि कोहलपुर स्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा संचालन भएको प्रतियोगितामा नगरभित्रका १२ टिमले सहभागिता जनाएका थिए । प्रतियोगिताको विजेता जनज्योतिले नगद रु. २१ हजार सहित शिल्ड प्राप्त ग¥यो भने उप–विजेतामै चित्त बुझाएको त्रिमाविले नगद रु. २० हजार ५ सय प्राप्त ग¥यो । प्रतियोगिताको बिजेता तथा उपविजेता टिमलाई बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश के.सी., कोहलपुर नगरपालिकाका उप–प्रमुख सन्जु कुमारी थारु लगायतले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।
फाइनल खेलमा टस जितेर बहिले ब्याटिङ रोजेको जनज्योतीले निर्धारित १५ ओभरमा ३ विकेट गुमाउँदै १ सय ३० रन जोडेको थियो । टिमलाई ठुलो स्कोरतर्फ डो¥याउने क्रममा समिक्षा विकले अविजित ६३ रन जोडेकी थिइन् । विक प्रतियोगितामा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी समित बनिन् ।
१ सय ३१ रनको लक्ष्य पछ्याएको त्रिमाविका सुरुवाती खेलाडीहरु सस्तैमा बाहिरिएपछि टिम केही दबाबमा देखिएको थियो । यद्यपी मध्यक्रममा आएका खेलाडीहरुले उत्कृष्ट पारी खेल्दै खेलमा रोमाञ्चकता प्रदान गरेका थिए । त्रिमाविले अन्तिम ओभर खेलिसक्दा १ सय २७ रनमै सिमित भएपछि जनज्योति ४ रनले बिजयी भएको हो । प्रतियोगितामा त्रिमाविका खेलाडी सृजना पुन मगर उत्कृष्ट घोषित भइन भने त्रिमावीकै निरुता शाही (उत्कृष्ट बलर) र अलिसा पुन मगरले उत्कृष्ट विकेटकिपरको उपाधी पाइन् । त्यसैगरी जनज्योतीकी खेलाडी समिक्षा विकले उत्कृष्ठ ब्याटरको उपाधी प्राप्त गरिन् ।