क्रिकेटको क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै काठमाडौंमा अहिले सम्मका कप्तानहरुलाई एकै थलोमा सम्मान गरिएको छ । नेपालमा क्रिकेको विकासमा उल्लेखनिय भुमिका निभाएको भन्दै नेपाली क्रिकेट टोलिको अहिलेसम्म कप्तानी गरेका ७ जना सम्मानित भएका हुन् । कार्यक्रममा खेल पत्रकार समेत सम्मानित भएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बाँकेका लेखवहादुर क्षेत्री सहित अहिले सम्म क्रिकेटमा कप्तानी गरेकाहरु सम्मानित भएका हुन् । नेपाली क्रिकेट टिमका पहिलो कप्तान उत्तम कर्माचार्य हुन् । कर्माचार्यदेखि वर्तमान कप्तान पारस खडकासम्मका क्रिकेटकर्मीहरुलाई शनिवार एकै मञ्चमा सम्मानित गरिएको हो । सम्मान ग्रहण गर्दै पुर्व कप्तान लेख वहादुर क्षेत्रि क्रिकेटको क्षेत्री काम गर्नेहरुलाई गरिएको सम्मानले थप उर्जा दिएको प्रतिकृया दिए । उनले यो सम्मानले थप जिम्मेवारी बोध भएको बताए ।
सम्मान कार्यक्रममा क्षेत्रीले पूर्व कप्तान गणेश वहादुर शाहीलाई सम्झिएको बताए । पूर्व कप्तान शाहिको निधन भइसकेको छ । प्रमोदराज÷सावित्री पाण्डे स्मृति प्रतिष्ठानले शनिवार उनीहरुलाई सम्मानित गरेको हो । प्रतिष्ठानले विविध क्षेत्रमा समर्पित भई राष्ट्र र राष्ट्रियताको नाम उचो राख्नेहरुलाई सम्मानित गर्दै आएको छ । प्रतिष्ठानले शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली क्रिकेट टिमका पहिलो कप्तान उत्तम कर्माचार्य, एलबि क्षेत्री निवर्तमान कप्तान बिनोद दास र वर्तमान कप्तान खड्का लगायतलाई एकै मञ्चमा सम्मान गरेको हो ।
प्रतिष्ठानले प्रमोद/पुरुषोत्तम पाण्डे स्मृति सम्मान २०७५ बाट बर्तमान नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व र वर्तमान कप्तानहरुलाई सम्मानित गरेको छ । यसैबीच प्रमोद/पुरुषोत्तम पाण्डे स्मृति खेल पत्रकारिता पुरस्कार २०७५ बाट खेल पत्रकार विनोद पाण्डेलाई पुरस्कृत गरिएको छ । नेपाल क्रिकेट संघका पूर्व अध्यक्ष विनयराज पाण्डे र प्रमोद÷पुरुषोत्तम पाण्डे स्मृति प्रतिष्ठाका अध्यक्ष डाक्टर मनिषराज पाण्डेले खादा, नेपाली टोपी र सम्मानपत्र दिएर उनीहरुलाई सम्मान गरेका थिए ।